धनकुटा, ९ फागुन । प्रशोधन शीपको अभाव र महत्व नबुझ्दा धनकुटाको हजारौं हेक्टर जंगलमा सजिलै र सित्तैमा पाइने बहुऔषधिय गुणयुक्त बेल खेर गइरहेको छ ।
गर्मी हावापानी भएका धनकुटाका विभिन्न सामुदायीक, निजी र धार्मिक वनमा प्रसस्तै बेल पाइने भएपनि संकलन र प्रसोधन नहुँदा समुदायिक बन र स्थानीयले अतिरिक्त आम्दानी लिन सकेका छैनन् ।
जंगलबाट संकलन गरेर स्थानीय बजारसम्म पु¥याउन सके मात्रै पनि ताजा बेल प्रतिकिलो १५ देखि २० रुपैयाँसम्ममा बिक्री हुन्छ । सामुदायिक वनमा बेल सजिलै पाईने भएपनि त्यसबाट आम्दानी लिन नसकिएको मार्से सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष पूर्ण लिम्ब्रूले बताउनुभयो ।
धनकुटाको तेलिया, तांखुवा, बेलहरा लगायतका गर्मि स्थानका जंगलमा बेल पाइन्छ । स्वास्थ्यवद्र्धक र वातावरण मैत्री बेलको प्रवद्र्धनका लागि जिल्ला वन कार्यालय धनकुटा र विभिन्न सामुदायीक वनले हरेक बर्ष विरुवा उत्पादन गरि किसानलाई वितरणसमेत गर्ने गरेका छन् ।
स्थानीय स्तरमा खुलेका केहि सर्वत उत्पादन उद्योगले बेल प्रयोग गर्ने गरेको भएपनि प्रशोधन प्रविधिमा सुधार ल्याउन नसक्दा ब्यवसायिक बन्न सकेका छैनन् ।