धनकुटा, १३ फागुन । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगका धनकुटाका एक युवाको मृत्यु भको छ । छथर जोरपाटी गाउँपालिका–३ कार्कीटारका गणेशकुमार लिम्बूको मलेशियामा मृत्यु भएको हो ।
लाइभ इन्टरनेशनल म्यानपावर कम्पनी मार्फत तीन वर्षअघि मलेसिया पुगेका २८ वर्षीय लिम्बूको गत फागुन ७ गते मृत्यु भएको हो ।
मलेसियाको अलस्टार जाबी पोकोक सेना भन्ने ठाउँमा रहेको बिजी वेस्ग्राडे प्रोडक्ट एसडिएन नामक फर्निचर उद्योगमा कार्यरत लिम्बूको मेसिनले च्यापिएर मृत्यु भएको परिवारले बताएको छ ।