विराटनगर । विराटनगरमा लागुऔषधको ओभर डोजका कारण एक युवक मृत अवस्थमा फेला परेका छन् । मृत्यु अवस्थामा फेला पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ का २४ वर्षीय गौरव भनिने अमृत तामाङ रहेको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निराक्षक दिपक थापाले जानकारी दिए ।
लुकीछिपी जोगवनीमा लागुऔषध सेवन गरी फर्केको बेला बुधबार अपराह्न विराटनगर–१६ कल्भर्टमा लागुऔषध सेवन गरी लडिरहेको अवस्थामा फेला परेका थिए ।