धिक्कार छ ती नेताहरुलाई, जसले भ्रष्टाचार गर्छन्
धोका दिई देश जनातालई, सधैं आफ्नै खल्ति भर्छन् ।
अवश्य नै मर्नु पर्छ है, तिम्ले पनि एक दिन
हातराखी छातीमाथी नै, सोचे हुन्थ्यो एकछिन ।
कुम्लयाएको धेरै धन, मर्दा लान पाइन्छ र ?
पाप–पुण्य, धर्म संस्कृतिको, कहिले मान्छौ तिम्ले डर ?
बाहिरी रुपमा असल मानव, भित्रि चरित्र जस्तो दानव
बन्छौ कहिले सच्चिएर ? सच्चा देशभक्त जस्तो मानव ।
श्राप लाग्ला मातृभूमिको, तिमी जस्ता स्वार्थी नेतालाई
आँशुले पिर्ला निमुखाहरुको, हाँस्छौ सधैं अरुलाई रुवाई ।
जिउनुको कुनै अर्थ छैन, त्यस्तो जीवन मरे तुल्य हो
स्वर्ग जस्तै हाम्रो देश नेपाल, तिम्रो कारणले नर्क समानभो ।
अभाव र तनावमा छ जीवन, गर्छन ठूला–ठूला कुरा
व्यवहार हेर्दा विषालु काँडा, भएछ मुख बेकामे छुरा ।
आचरणमा लोभिपापी, सिद्धान्तमा ठान्छन् सुरा
आश्वासन र झुटको खेती, कहिले पो होलान् पूरा ?
पथरीशनिश्चरे–९ मोरङ