पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा सम्पन्न भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको सभामा उप–प्रमुख देविमाया काफ्लेद्वारा संसोधित बजेट प्रस्तुत, नगर प्रवक्ता नविन कार्कीबाट अर्ध वार्षिक समीक्षा तथा बजेटको प्रस्तुतिकरण, विधायन समिति संयोजक नैना राईद्वारा नगर प्रहरी सम्वन्धी ऐन २०८० र साझेदारी सम्वन्धी ऐन २०८० प्रस्तुत, लेखा समिति संयोजक भीमकुमार राईद्वारा लेखा सुपरीवेक्षण सम्वन्धी प्रस्तुतिकरण र न्यायिक समिति सदस्य पदम धिमालद्वारा न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
१४ औं नगरसभाले गरेका निर्णयहरु विस्तृत रुपमा नगरपालिकाले माघ ७ गते दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत् जानकारी गराउने प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।