आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशाला - Pahilo Online

आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशाला

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  ‘विश्व भरिको आदिवासी जनजाति एक हौं ।’ भन्ने मूल नाराको साथ पथरी शनिश्चरेमा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन भएको छ ।
आज पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको हो । सिन भिलेज पार्टी प्यालेसमा तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रमको सभाध्यक्ष आयोजकका अध्यक्ष सबिन तामाङको रहेको थियो भने प्रमुख अतिथि वडा नं. १० अध्यक्ष जीवन खतिवडा रहनुभएको थियो ।
वडाका आदिवासी महिला पुरुष गरी कार्यशालामा जम्मा ५० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सुमन कुरुङबाङले जानकारी दिनुभयो । कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर कमिटी अध्यक्ष देवेन्द्र वनेम, वडा सदस्य मिना तामाङ, सञ्चारकर्मी अर्जुन जम्नेली राई, समाजसेवी गणेश थक्लुङ, हेमभक्त तमु लगायतको उपस्थिति रहेको थियो । कार्यशालाको सहजीकरण काजीमान तामाङले गरिरहनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes