मोरङ । नेपालको तराई क्षेत्रको झापा,मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक, अति सीमान्तकृत आदिवासी भित्रका मुडियारी समुदायमा प्रचलित जितिया पर्व सम्बन्धि दुइवटा गीत नेपालमै पहिलो पल्ट शुक्रवार रेकर्डिङ गरिएको छ ।
रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संञ्चारग्राम विराटनगरको स्टुडियोमा मुडियारी भाषाका गायक तथा कलाकारहरू बाजागाजा सहित आएर आफ्नो भाषाको गीत रेकर्ड गराएका हुन ।
मुडियारी जातिको आफ्नै भाषा,संस्कृति ,संस्कार,रीतिरिवाज, चाडपर्व,भेषभूषा, चालचलन, बाजागाजा, लगायत आफ्नै पहिचान रहेको पाइन्छ । हाल सम्म मुडियारी भाषाका अनेकन गीतहरू रहेपनि गाउँ घर, चाडपर्व, उत्सव,जात्रा बिहेवारिको समय तथा सिजन अनुसारका गीतहरू रहेपनि गाउँघरमै सीमित थिए ।
मुडियारी समुदायको जातीय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय समिति र नेपाल नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहरी वडा न- ७ डंगटोली मोरङ समितिले जातीय भाषा संस्कृति संरक्षण र जगेर्नाका लागि रेडियो लगायत जितिया पर्व हरूमा सुन्नका र गीतलाई लोप हुन् नदिन जितिया पर्वको गीत रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति संञ्चारग्रामको स्टुडियोमा रेकर्ड गरिएको संस्थाले जनाएको छ ।
गीत रेकर्डमा आएको बेला रेडियो नेपाल तारणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम महानगर एफ. एम . १०३ मेगाहर्ट्ज विराटनगर कार्यालय ,स्टुडियो, रेडियो संग्रालय अवलोकन गरेका छन् ।
मुडियारी समुदायको मुडियारी भाषाको जितिया गीत रेकर्डिङ गराउन मुडियारी समुदायको जातीय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय सचिव सूर्य नारायण मुडियारी , नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहरी गाउँ पालिका वडा नं-७ कमिटी अध्यक्ष विहालाल मुडियारी, मुडियारी समुदायका ज्येष्ठ नागरिक सकली देवी मुडियारी, जितिया बतालु बस्ने कमली मुडियारी लगाएतका मुडियारी समुदायहरू रेडियो स्टुडियो पुगेका अवसरमा रेडियो कार्यालयले रेडियो नेपालको इतिहास र तारणी प्रसाद कोइरालाको जीवनीमा आधारित डकुमेन्ट्री,रेडियो संग्राहलय,स्टुडियो लगायत अवलोकन गरेका छन् ।
मुडियारी समुदायहरू आर्थिक ,सामाजिक ,साँस्कृतिक ,भाषिक, शिक्षा,रोजगारी,राजनीति, लगायत राज्यको मूल प्रवाहमा पछि परेको समुदाय हो । यस समुदायहरूले झाँगड पनि लेख्ने गरेको पाईन्छ । यस समुदायहरूले कर्माधर्मा (करम पूजा) पर्व, जितिया पर्व, बहारजात्रा पूजा, लगाएत मुख्य जातिय चार्डपर्व र पूजा धुमधाम सगँ हरेक मुडियारी टोलहरूमा मानाउने गरेको पाईन्छ ।