अवैधरुपमा सञ्चालन भएको कर्मचारीको औषधी पसल सिल - Pahilo Online

अवैधरुपमा सञ्चालन भएको कर्मचारीको औषधी पसल सिल

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरी शनिश्चरे नगर अस्पतालको कर्मचारीले अवैध रुपमा सञ्चालन गरेको औषधि पसल सिल गरिएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय पथरी र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले सिलबन्दी गरेको हो ।

अनुगमन्को क्रममा पथरी शनिश्चरे नगर अस्पतालका छैटौं तहका अधिकृत प्रेमलाल लिम्बु (प्रेम) ले आफ्नो घरमै अवैध रूपमा औषधि पसल सञ्चालन गरेको पाइएको थियो । पथरी शनिश्चरे–७ स्थित बकैना डाँडामा रहेको उनको घरमा दुईवटा वेड राखेर अवैध व्यवसाय सञ्चालन गरेपछि सिलबन्दी गरेको नगरका स्वास्थ्य शाखाका सिअहेव एकराज खत्रीले जानकारी दिए ।

कार्यालयको समयमा लिम्बुको श्रीमतीले औषधि पसल हेर्ने गरेको पाइएको छ । जहाँ विरामीहरुको चेकजाँच पनि हुने अनुगमनका टोलीले जनाएका छन् । अनुगमन्को क्रममा सो औषधी पसलमा म्याद गुज्रिएको औषधि पनि फेला पारेको थियो ।

यसरी सरकारी जागिर र निजी व्यवसायलाई एकैसाथ सञ्चालन गर्दै आएको यो गम्भीर नियम उल्लंघनको प्रकरणले स्थानीय स्वास्थ्य सेवामा प्रश्न उब्जीएकोछ । यस्ता कारबाहीले स्थानीय स्वास्थ्य सेवाको गुणस्तर र नैतिकतामा जोड दिएको छ ।

नगरपालिकाले यस्ता अवैध गतिविधिहरू विरुद्ध कडा कदम चाल्ने र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । लिम्बुको सगै अन्य तीन वटा अवैध औषधी पसल सिल गरिएको छ ।

बुधबार गरिएको अनुगमनमा पथरी शनिश्चरे –९ को पुलचौकमा रहेको देवराज आचार्यको औषधि पसल, वडा नं. ६ को भातेगौडा र वडा नं. ४ को सम्झना चौकमा रहेका हेमराज चन्द्रवंशीद्वारा सञ्चालित दुई औषधि पसलहरू पनि सिल गरिएको अनुगमन् टोलीका संयोजक नगर उपप्रमुख देवीमाया काफ्लेले बताइन् ।

औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारका अनुसार, पसलहरूसँग आवश्यक दर्ता प्रमाण–पत्र नभएको र म्याद सकिएका औषधिहरू बिक्री गरिरहेको पाइएकोले कारबाही गरिएको बताए ।

नगर उप(प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा गरिएको यस अनुगमनमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल, नगरका स्वास्थ्य शाखाका सिअहेव एकराज खत्री, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू र नगर प्रहरीको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes