मुडियारी समुदायको भाषिक गीत रेडियो नेपालबाट प्रशारण  आरम्भ - Pahilo Online

मुडियारी समुदायको भाषिक गीत रेडियो नेपालबाट प्रशारण  आरम्भ

writer

बाबुराम मुडियारी

 मोरङ/ नेपालको तराई क्षेत्रको मोरङ र सुनसरी लगायत  जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक, अति सीमान्तकृत  आदिवासी भित्रका मुडियारी समुदायमा प्रचलित जितिया पर्व र चाडपर्वहरूका गीतहरू लगायत ९ वटा भाषिक गीतहरू नेपालमै पहिलो पल्ट  रेकर्डिङ सम्पन्न गरिएको गीतको प्रसारण आरम्भ गरीएको छ ।

रेकर्डिङ गीतहरू मध्येबाट हिजो  एक कार्यक्रमको आयोजना गरी मुडियारी भाषाको गीत रेडियो नेपाल बाट रेकर्डिङ भई रेडियो नेपाल तारीणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामबाट प्रसारण आरम्भ  गरिएको छ । सो अवसरमा गीत प्रशारण आरम्भ  कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि  नेपाल मुडियारी भाषा  संस्कृति पहिचान उत्थान केन्द्र संस्थाका भवन निर्माण गर्न  जग्गा दाता सकली देवी मुडियारी, विशिष्ट अतिथि  रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संञ्चार विराटनगर  प्रमुख बलराम चौधरी ले सामुहिक रूपमा कलशमा दिप प्रज्जोलन गरी तथा व्यानर पढेर गीत प्रशारण भएको आरम्भ गर्नुभएको थियो  ।

रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संञ्चार महानगर एफ. एम. १०३ मेगाहर्ज विराटनगरबाट २ वटा गीत प्रशारण गरिएको हो । संञ्चारग्राम विराटनगरको स्टुडियोमा मुडियारी भाषाका गायक तथा कलाकारहरू बाजागाजा सहित आएर आफ्नो भाषाको गीत रेकर्ड गराएका हुन ।

 मुडियारी जातिको आफ्नै भाषा,संस्कृति ,संस्कार,रीतिरिवाज, चाडपर्व,भेषभूषा, चालचलन, बाजागाजा, लगायत आफ्नै पहिचान रहेको पाइन्छ । हाल सम्म  मुडियारी भाषाका अनेकन गीतहरू रहेपनि गाउँ घर, चाडपर्व, उत्सव,जात्रा बिहेवारिको समय तथा  सिजन अनुसारका गीतहरू  रहेपनि गाउँघरमै सीमित थिए ।

मुडियारी समुदायको जातीय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय समिति र नेपाल नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहरी वडा न– ७ डंगटोली मोरङ समितिले जातीय भाषा संस्कृति संरक्षण र जगेर्नाका लागि  रेडियो लगायत जितिया पर्व हरूमा सुन्नका र गीतलाई लोप हुन् नदिन जितिया पर्वको गीत रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संञ्चारग्राम विराटनगरको प्राविधिक सहयोगमा र रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति  संञ्चारग्राम विराटनगरको   स्टुडियोमा  रेकर्ड गरिएको  संस्थाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes