रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण सुरु - Pahilo Online

रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण सुरु

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे वडा नं. १ कार्यालयले प्राविधिक त्रुटीको कारणले रोकिएको २०८०/०८१ को सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको जनाएको छ ।
आइतबार वडा कार्यालयले पत्रकारसँगको भेटघाट कार्यक्रममा आ.व. २०८०/०८१ को त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राविधिक त्रुटीको कारण रोकिएपछि बारम्बार वडा समिति, नगरपालिका, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको पहल कदमीमा छुट भएका लाभग्राहीहरुको भत्ता वापतको रकम मंसिर २३ गते आइतबारदेखि बैंक मार्फत् वितरण सुरु भएको जनाएको हो ।
सो पत्रकार सम्मेलनमा वडाध्यक्ष उद्धवराज बस्नेतले प्रेस विज्ञप्ति मार्फत् सो को जानकारी गराउनुभएको हो ।
सामाजिक सुरक्षा भत्ताको विषयमा केही महिनाअघि भ्रामक प्रचार प्रसार गरी वडाको सिङ्गो समितिलाई नै नकारात्मक असर पर्नेगरी गरिएको गलत प्रचारले आफू दुःखी रहेको बताउनुभयो । वडाध्यक्ष बस्नेतले भन्नुभयो–‘हामी सधैं वडावासीकै काममा लागिरहेका छौं, काम गर्दै जाँदा कहिले काँही प्राविधिक त्रुटी हुँदोरहेछ, तर, यसलाई गलत नबुझी दिन सम्पूर्ण वडावासीमा अनुरोध गर्दछु । आगामी दिन यस्तो त्रुटी नगरी अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्दछु ।’
यसैगरी सो पत्रकार भेटघाट कार्यक्रममा वडा सदस्य सपना राईले पनि भ्रामक समाचारले समाजमा नकारात्मक असर परिरहेको बताउनुभयो । वडा सचिव झमक बहादुर भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्यहरु मनिकुमार लिम्बु, नरेशबहादुर राई, वडाका न्यायिक समिति संयोजक देविप्रसाद भेट्वाल, किरातेश्वर माविका अध्यक्ष काशीहाङ राई, वडाका सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes