मोरङ / नेपाल धानुक समाज सुनसरीको तेस्रो जिल्ला अधिवेशनले प्रेमलाल मण्डलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरी हिजो सोमबार सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ।
सो जिल्ला अधिवेशनले उपाध्यक्षमा असोक कुमार मण्डल, महिला उपाध्यक्ष नेहा मण्डल, सचिव गंगाराम मण्डल, रविन्द्र कुमार मण्डल, कोषाध्यक्ष शिवानन्द मण्डल, सदस्यहरूमा कृष्ण देव मण्डल, मिथलेश मण्डल, रधुविर मण्डल, दिलिप कुमार मण्डल, सुनिल कुमार मण्डल, राजकुमार मण्डल, चुनचुन मण्डल, रविलाल मण्डल, दशरथ मण्डल, लक्ष्मी मण्डल, राजबती मण्डल, चयन भएका लाई जिल्ला निर्वाचन मण्डलले सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम गरी सम्पन्न गरेको थियो।
यसै गरी धानुक समाजको सुनसरीले जिल्ला अधिवेशनले नेपाल धानुक समाजको कोशी प्रदेश प्रतिनिधिहरूमा अरूण कुमार मण्डल, राजनारायण मण्डल, विरेन्द्र मण्डल, लालन मण्डल, महेश मण्डल, शुकदरी मण्डल लाई पनि प्रतिनिधिमा चयन गरेको थियो । यस धानुक समुदायहरू नेपालको तराई जिल्लाहरूमा मुख्य बसोबास रहेको पाईन्छ ।
धानुक समुदायहरू नेपालको आदिवासी समुदायमा सूचिकृत रहेको समुदाय हो । यस समुदायहरू आफ्नै भाषा, धर्म, संस्कृति, संस्कार , रितिरिवाज, भेषभूषा, जातिय पहिचान लगायत रहेको पाईन्छ । नेपालमा हाल अल्पसंख्यक समुदायहरू झाँगड, मुडियारी, लगायत समुदायहरू पनि जातिय संस्था गठन गरी जातीय समुदायहरू विकास, उत्थान, संरक्षण , प्रवद्धन लगायतमा कार्यहरूको अभियान संञ्चालन गरिरहेको पाईन्छ ।