पथरीशनिश्चरे नगरपालिकास्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम - Pahilo Online

पथरीशनिश्चरे नगरपालिकास्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम

writer

पहिलो अनलाइन

मोरङ, पथरीशनिश्चरे – पथरीशनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा “विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम” सुरु भएको छ। तीन दिवसीय यो कार्यक्रम माघ २८ गतेदेखि ३० गतेसम्म पथरीशनिश्चरे-४ स्थित भागिरथ माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन भइरहेको छ।
नगरप्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा कार्यक्रमको भव्य उद्घाटन सम्पन्न भएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तुम्बापोले विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई उत्साहित हुँदै प्रतियोगितामा सहभागी हुन आग्रह गर्नुभयो।
प्रतियोगिताहरू र सहभागिता
कार्यक्रम अन्तर्गत निम्न प्रतियोगिताहरू समावेश गरिएका छन्:
एकल नृत्य प्रतियोगिता (आधारभूत तथा माध्यमिक तह)
एकल गायन प्रतियोगिता (आधारभूत तथा माध्यमिक तह)
चित्रकला प्रतियोगिता (आधारभूत तथा माध्यमिक तह)
हिज्जे प्रतियोगिता (आधारभूत तह)
विज्ञान प्रतियोगिता (माध्यमिक तह)
फुड फेस्टिभल
भागिरथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख देबि माया काफ्ले, नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीन खुलाल, नगरका सम्पूर्ण वडा अध्यक्षहरू तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
शिक्षा शाखा प्रमुख नवीन खुलालका अनुसार यस कार्यक्रममा नगरभित्रका ३३ वटा विद्यालयले सहभागिता जनाएका छन्। सहभागी विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गर्ने भएकाले कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
कार्यक्रम व्यवस्थापन भागिरथ माध्यमिक विद्यालयले गरिरहेको छ भने शिक्षा, युवा तथा खेलकुद शाखाको विशेष समन्वय रहेको छ। नगरपालिकाले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes