महिलाहरूको सहभागिताबिना सामाजिक विकास सम्भव छैनः आरती राई - Pahilo Online

महिलाहरूको सहभागिताबिना सामाजिक विकास सम्भव छैनः आरती राई

writer

मोहन भट्टराई

आरती राई सचिव पशुपति सामुदायिक वन उपभोक्ता समूह

मोरङ पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण र पर्यापर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। त्यहाँ विभिन्न कार्यक्रमहरू सञ्चालन भईरहेका छन्, जसले वनको दिगो उपयोग र संरक्षणलाई बल पुर्‍याएको छ। प्रस्तुत छ, उक्त समूहकी सचिव आरती राईसँग गरिएको कुराकानीको संपादित अंशः

सामुदायिक वनको संरक्षणका लागि तपाईंहरूले के–कस्ता कदम चाल्नुभएको छ ?

वनलाई डढेलोबाट जोगाउन र सामुदायिक सहभागिता बढाउनका लागि वन सरसफाइ अभियान, वृक्षारोपण कार्यक्रम र वन गस्तीको व्यवस्था गरेका छौं। वन अतिक्रमण रोक्न र चोरी शिकारी नियन्त्रण गर्न वन हेरालुको व्यवस्था गरिएको छ।

वन संरक्षणका मुख्य चुनौतीहरू के–के छन् र तिनीहरूको समाधान कसरी गर्दै हुनुहुन्छ ?
मुख्य चुनौतीहरूमा भुटानी शरणार्थीहरुबाट वन अतिक्रमण, वन डढेलो र वन्य जन्तुहरूको अवैध शिकार रहेका छन् । यी समस्याहरूको समाधानका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय समुदाय र भुटानी शरणार्थीहरूसँग सहकार्य गरी समस्या समाधानका प्रयास गरिरहेका छौं।

पर्यटकहरूको आकर्षण बढाउन तपाईंहरूको नयाँ योजना के छन् ?
हाम्रो पशुपति सामुदायिक वनमा पर्यापर्यटनको प्रचुर संभावना छ। त्यसका लागि हाम्रो कार्यालयभन्दा पश्चिम दक्षिणमा हालै हामीले डिभिजन वन कार्यालयको सहयोगमा पोखरी निर्माण गरी सिमसारलाई आन्तरिक पर्यटक आकर्षणको केन्द्र बनाउन विशेष योजना बनाएका छौं। डिभिजन वन कार्यालय मोरङको २ लाख र पशुपति सामुदायिक वन उपभोक्ता समूहको ५० हजार रुपैयाँ लगानीमा बहुउद्देश्यीय पोखरी निर्माण कार्य थालनी भएको छ। यो पोखरी पर्यापर्यटन प्रवर्द्धनको महत्वपूर्ण हिस्सा हो। उक्त पोखरीमा डुंगा सञ्चालन, किनारामा विभिन्न जातका फूलका बिरुवा रोपण, फलैंचा निर्माण, र वनभोज स्थलको विकास गर्दैछौं।

भुटानी शरणार्थीहरूले वन क्षेत्रमा पार्ने प्रभावबारे के भन्नुहुन्छ ?
हाल पनि ४५० घरपरिवार बसोबास गरिरहेका छन्। उनीहरूबाट वन अतिक्रमण भइरहेको छ। घर टहरा, गाई गोठ बनाउनुका साथै खेतीसमेत गरिरहेका छन्, जसले वन संरक्षणमा चुनौती उत्पन्न गरेको छ।

राजमार्ग उत्तरको वन क्षेत्रमा पक्की चिहानको असर कस्तो छ ?
पक्की चिहान निर्माणले वन विनाशलाई बढावा दिएको छ। यो वन संरक्षणका लागि अर्को ठूलो चुनौती बनेको छ।

सामाजिक कार्यमा महिलाको सहभागिता बढाउन तपाईंको के धारणा छ ?
म घरको काम सकेर पनि सामाजिक कामलाई समय दिन्छु। अन्य महिलाहरूलाई पनि सामाजिक कार्यमा सक्रिय हुन सुझाव दिन्छु। महिलाहरूको सहभागिताबिना सामाजिक विकास सम्भव छैन।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes