काठमाडौँ । मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ ।त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।
मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ ।नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।
उनि नेपाल फर्किएको दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उनि स्वदेश फर्किएका हुन् । बुधवार सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्किएका छन् ।विगत २ वर्षदेखि उनि मलेशियाको घर फिर्ती केन्द्रमा बिना रोजगारी बस्न बाध्य भएका थिए ।