कर्मचारीले संघीयताको मर्म बुझेनन्ः मन्त्री आङ्बो - Pahilo Online

कर्मचारीले संघीयताको मर्म बुझेनन्ः मन्त्री आङ्बो

दलहरुको बुझाईमा पनि समस्या

writer

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले परम्परागत सोच बोकेका कतिपय कर्मचारी र राजनीतिक नेतृत्व संघीयता कार्यान्वयनको चुनौति रहेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका सचिबालय सदस्यसमेत रहनुभएका मन्त्री आङ्बोले बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै संघीयता कार्यान्वयनलाई चुनौतिपूर्ण बनाउने प्रयास भइरहेको बताउनुभएको हो ।

संघीयता मास्ने र त्यो नभए त्यसको मर्मलाई मासेर विकेन्द्रीकरणको हैसियतमा मात्र त्यसलाई सिमित गर्ने षड्यन्त्र अहिले पनि चलिरहेको मन्त्री आङ्बोले बताउनुभयो । ‘अहिलेसम्मको राजनीतिक अनुभव र मन्त्री बनेपछिको बुझाईका आधारमा संघीयता मास्न कर्मचारी संयन्त्रको एउटा पंक्ति र राजनीतिक नेतृत्वको एउटा हिस्सा अहिले पनि प्रयासमा छ’ उहाँले भन्नुभयो, ‘स्थानीय तह र प्रदेशमा विकेन्द्रित भएको अधिकारलाई केन्द्रमा फर्काउने प्रयास अहिले पनि छ ।’

मन्त्री आङ्बोले कर्मचारीले संघीयताको मर्म नबुझेको र दलहरुले पनि त्यसलाई गहिरोसँग आत्मसाथ गर्न नसकेको बताउनéयो । केन्द्रमा बसेर शासनमा हालीमुहाली चाहेकाहरुले संघीयता अझै स्वीकार नगरेको बताउँदै उहाँले प्रदेश सरकारमा खटाईएका कर्मचारीहरु अहिलेसम्म नआउनुको कारण पनि त्यही रहेको बताउनुभयो ।

आफ्नो मन्त्रालयले फागुन मसान्तबाट बजेट बनाउनुपर्ने भएपनि अहिलेसम्म आवश्यक कर्मचारी अभाबमा समस्या भइरहेको उहाँको थियो । मन्त्राललयमा विभिन्न विषयगत ५ जना उपसचिबले बजेटको तयारी गर्नुपर्नेमा उनीहरु अझै हाजिर नभएको उहाँले जानकारी दिनुयो । मन्त्रालयमा बजेट निर्माण गर्न योजना, बजेट, राजश्व र वित्तीय व्यवस्थापन हेर्ने उपसचिब अझै आइनसकेको उहाँले बताउनुभयो ।

प्रदेशको आर्थिक समृद्धि र स्रोत साधनको खोजी गर्न विज्ञहरुको बृहत सेमिनारको तयारीमा रहेको जानकारी दिँदै मन्त्री आङ्बोले त्यसपछि बजेट निर्माण थाल्ने बताउनुभयो । अहिले आपूm मन्त्रालयको कामबारे अध्ययन र छलफलमा रहेको भन्दै उहाँले धेरै बोल्ने र प्रचार गर्नेभन्दा पनि विषयगत काममा केन्द्रित भएको जानकारी दिनुभयो ।

कर्मचारी र कानुन अभाबमा सरकारको कामले गति लिन नसकेको बताउँदै मन्त्री आङ्बोले त्यसको लागि संघीय सरकारले पनि सहजिकरण गर्नुपर्ने उल्लेख गर्नुभएको छ । प्रदेश र संघ, प्रदेश र स्थानीय तहका अधिकारको बारेमा कानुन निर्माण गर्न पनि संघीय सरकारले सहजीकरण र पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।

बजेट निर्माणको लागि विज्ञहरु, निजी क्षेत्र र सरोकारवालासँग छलफल गरिरहेको जानकारी दिँदै मन्त्री आङ्बोले प्रदेश सरकारको पहिलो बजेट कृषि, पर्यटन र युवा लक्षित हुने बताउनुभएको छ । प्रदेशको विकासको मुख्य आधार कृषि, पर्यटन र जलस्रोत भएको भन्दै मन्त्री आङ्बोले बजेट त्यसमैमा केन्द्रित गर्ने जानकारी दिनुभएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes