मृगौला पीडितलाई सहयोग गर्न २ मगर संघको आग्रह - Pahilo Online

मृगौला पीडितलाई सहयोग गर्न २ मगर संघको आग्रह

writer

पथरी– मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न २ संघले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको हो ।

१ वर्ष अघिदेखि दुबै मृगौला पीडित राना मगरको उपचारमा सहयोग गर्न टीकादेबी राना मगर वचाउ अभियान चलाइएको छ। सुमेरो अस्पतालमा उपचारत पीडत मगरको भयोध अस्पताल बल्खुमा डायलोसिस गरेरहेको बुहारी एलिसा राना मगरले बताएकी छिन् ।

भदौ १५ गते पीडितको मृगौला प्रत्योरोपण हुदैछ । भाइ जीवन राना मगरले मृगौला दिने भएको र सो को लागि ६ लाख थप रुपैया लाग्ने पीडितकी आमा रनमाया मगरले जनाइन् । उपचारमा बराइन बैदेशिक रोजगारमा कमाएको रकम र जग्गा जमिन समेत बेचेर उपचार गराइएकोले पीडितको उपचारमा थप सहयोग गर्न अभियान थालिएको अभियानका संयोजक टंंक राना मगरले जानकारी गराएका छन् ।

पथरी, उर्लाबारी, मधुमल्ला, टाँडीलगायत स्थानबाट सहयोग संकलन गर्ने, रानामगरलाई सहयोग गर्ने महानुभावहरुले पीडितको बुहारी एलिसा राना मगरको नाममा रहेको सिद्धार्थ बैकको खाता नम्बर ००७१५२०५५६६ मा सहयोग गर्न अनुरोध गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes