धनकुटामा ट्याक्टर दुर्घटनाहुदाँ चालकको मृत्यु - Pahilo Online

धनकुटामा ट्याक्टर दुर्घटनाहुदाँ चालकको मृत्यु

writer

धनकुटा – सागुरीगढी गाउँपालिका ९ थाम्चुवा स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । शनिवार साझँ ६ बजेको समयमा सागुरीगढी गाउँपालिका ८ खुडी स्थितमा निर्माण भई रहेको तमोर करिडोर सडक खण्डको लागि चाहिने आवश्यक सिमेन्ट लिएर इटहरीबाट धनकुटातर्फ जादै गरेको कालिका कन्सट्रक्सनको लु. ४ त. २६९९ नम्बरको ट्याक्टर बाटोबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा चालक सुनसरीको बराहाक्षेत्र नगरपालिका ८ मैनाबारी बस्ने वर्ष २६ को राकेश चौधरीको मृत्यु भएको हो ।

निर्माण स्थलमा अबेरसम्म पनी राकेश नपुगेपछी ठेकेदार पक्षका मानिसहरूले खोजतलाश गर्ने क्रममा आज बिहानको राती ३ बजेको समयमा उक्त स्थानमा मृत्त अबस्थामा फेला परेका थिए । घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes