स्वागत छ ७७ साल कोरोना भगाई आउ
स्वस्थ राख सबैलाई भगाई दुःखी घाउ ।
स्वागत छ ७७ साल कोरोनाको डरले छैन मनमा हर्ष
हांसो खुशी स्वस्थ रही वितोस यो वर्ष ।
सकारात्मक सोंच बोकी लकडाउनमा बसौं
अरु देशमा सम्पर्क भए क्वारेन्टाइन पसौं ।
के के भयो ७६ मा विर्षौं अब हामी
स्वागत गर्छौं ७७ लाई दिल छामी छामी ।
सकारात्मक सोच बोकी सबलाई माया गर्छौं
सत्य बाटो पहिल्याएर सधैं अघि सर्छौं ।
स्वागत छ ७७ साल धेरै राहत बोकी आउ
पिडा बोकी हिंड्नेका मेटाउ सब दुःखीका घाउ ।
पथरीशनिश्चरे–४ पानीट्याङ्की, मोरङ