कविता: लडाकु र साथीहरु - Pahilo Online

कविता: लडाकु र साथीहरु

writer

  हरि थापा  

सफल र कुशल जनयुद्ध लडेका लडाकुहरु
खाडी मुलुक गएका छन रे ।।

उखरमाउलो गर्मि,साठ्ठी डिग्रि तापक्रममा
काम गर्दा, अझै दुख पाएका छन रे ।।

यत्ता सँगै युद्ध लड्ने साथीहरु चाहिँ
चिरिच्याट्ट पर्दै पाच तारे होटल धाएका छन रे ।।

जनताको आँखामा छारो हाल्दै अझै..
विकास र समृद्धिको गित गाएका छन रे ।।

जनताको आगनमा, दुख सुस्ख जे भएता पनि
नेतागनहरुले राम्रो लाएका छन रे ।।

खानाको अभावमा कुपोषणले, हजारोै मर्छन
हाम्रा मान्यवरहरुले पेट फुट्ने गरी
मिठो भोजन खाएका छन रे ।

एकले अर्कोलाई आरोप प्रत्यारो गर्दै
आफू अनुकूल मिडियामा छाएका छन रे ।।

ठेक्का पट्टा, माफिया, काला बजारियाको संगत गर्दा
नेताहरु नाली झै डुङ्गडुङ्गती गन्हाएका छन रे ।।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes