विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई गिरफ्तार गर्ने प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।
बाम गठबन्धनको नयाँ सरकार निर्माण हुनसाथ चन्दलाई पक्राउ गर्न कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जिल्लाको शिवराज नगरपालिका ९ स्थित चन्दको घरमा टाँसिएको छ ।
जिल्ला प्रहरी कार्यलय कपिलबस्तुका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले चन्द विरुद्ध पुर्जी टाँस गरेको हो । । जिल्ला प्रहरी कार्यालय भोजपुरले गत मंसीर १० गते दर्ता गरेको मुद्दालाई कार्यान्वयन गराउन कपिलबस्तु प्रहरी कार्यालयलाई पत्र लेखेको थियो ।
गएको निर्वाचनमा भएका हिंसात्मक गतिविधिमा सरकारले चन्द नेतृत्वको पार्टीको हात रहेको बताएपनि पार्टीले त्यसलाई जनताको प्रतिरोध भन्दै औपचारिक रुपमा जिम्मेवारी लिएको छैन ।
पार्टीले यसबीचमा केही जलविद्युत परियोजना र गैरसरकारी संस्थाका कार्यलयलाई लक्षित गरी बम पड्काएको थियो ।