काठमाडौं, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा भारी मतसहित बिजयी हुनुभएको छ ।
सोमबार दलको नेता चयन गर्न भएको मतदानमा रामचन्द्र पौडेल पक्षधर उम्मेदवार प्रकाशमान सिंहले १९ मत पाउँदा देउवा ४४ मतसहित बिजी हुनुभएको हो ।
प्रतिनधिसभामा प्रत्यक्ष र समानुपातिक गरी ६३ सांसद रहेको काँग्रेसमा सर्वसम्मत दलको नेता चयन गर्ने प्रयत्न भएपनि पौडेल पक्षले असहमति जनाएपछि मतदान भएको थियो । देउवाले पौडेल पक्षलाई दलको उपनेता लिन आग्रह गरेपनि सहमति नजुट्दा निर्वाचनभएको हो ।
गत मंसिर १० र २१ गते भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति देउवाकै कारण काँग्रेस उम्मेदवारहरुले हार खानुपरेको भन्दै पौडेल पक्षले देउवाले त्यसको जिम्मेवारी लिएर दलको नेता छाड्नुपर्ने अडान राखेको थियो । तर, देउवाले पौडेलपक्षको मागलाई वेवास्ता गर्दै दलको नेतामा उम्मेदवारी दिएका थिए ।