विराटनगर । एक नम्बर प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुणमणि आचार्यलाई नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख तुम्बाहाडले आज आचार्यलाई नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार मुख्य न्यायधिवक्ता नियुक्तिको लागि बुधबार मुख्यमन्त्री राईले सिफारिस गर्नुभएको थियो । सोही धारा अनुसार प्रदेश प्रमुखले नियुक्तिको पत्रसमेत सोमबार आचार्यलाई प्रदान गर्नुभएको छ ।
महान्यायधिवक्ताको मातहतमा रहेर मुख्य न्यायधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा काम गर्ने संवैधानिक व्यवस्था छ । २०५७ सालमा नेपाल बार एशोसिएसनको केन्द्रीय उपाध्यक्ष रहेका आचार्य मोरङ बारको २०५० मा जिल्ला अध्यक्ष र सचिव भएर काम गरिसक्नुभएको छ ।
मुख्य न्यायधिवक्ताले उच्च अदालतको न्यायधिस सरह मर्यादा र सुबिधा पाउने संविधानमा उल्लेख छ ।