दिनचर्या कसरी बिताइरहनु भएको छ ?
अहिले धेरै जसो समय गहना स्टोरलाई नै दिइरहेको छु । अहिले भुल्के देवी इन्भेस्टमेन्ट प्राईभेट लिमिटेडले यात्रुबाहक बस सञ्चालनमा ल्याइएको छ । यसरी यी दुवै क्षेत्रमा समय बितिरहेको छ ।
संसार गहना स्टोर कहिले बाट सञ्चालनमा आएको हो ?
मैले मेरो गहना स्टोरलाई आधिकारिक रुपमा वि.स. २०७० साल भाद्र १६ गते दर्ता गराएको थियो । त्यस्तै वाणिज्यमा भने चाहिँ, त्यही सालको चैत महिनाको २२ गते दर्ता गराएको थिए । पसलको सञ्चालन बारे बताउनु पर्दा पोहोर सालको जेठ महिनाबाट निरन्तर रुपमा सञ्चालन भई आएको छ ।
संसार गहना स्टोर भन्नु पर्दा ग्रामीण भेग अन्तर्गत सञ्चालन भएको छ, त्यस्तै स्टोरको सुरुवात कालमा के कस्ता कठिनाइ आइ परे ?
वास्तवमा कठिनाइ धेरै आइ परे । हामीले खासमा कठिनाइ बाटै नै पाठ सिक्ने हो । त्यसैले अहिले सम्म कठिनाइ झल्दै नै आइरहेको छु । मैले सुरुमा घडेरी व्यावसाय पनि गरेको थिए । मेरो बैङक्किङ् कुरामा पनि सम्बन्ध रहिआएको नै छ । मैले मेरो गहना स्टोरलाई एनआइसी एसिया र मितेरी बैङ्कबाट ऋण लिएर सुरु गरेको हो ।
ग्रामीण भेगमा गहना स्टोर खोल्नुभएको छ, ग्राहकलाई के कस्ता सेवासुविधा दिदै आइरहनुभएको छ ?
मेरो पसलमा शिल्पाकार २ जना छन् । धितो बन्धक भने चाहिँ गरिने गरेको छैन । यो भनेको लिगलाइज होइन । गहना व्यावसाय भनेको ५ औँ पुस्ता सम्म गरिने हो । त्यस्तै अहिले आएर धितो बन्धक कारोबार ठप्प भएको छ । यसका लागि अनुमति नपाएको हो । तसर्थ गरगहनाको खरीद बिक्रिमा नै सीमित रहेको छ ।
वर्तमान अवस्थामा सुनचादिँको तस्करी अलि बढीरहेको स्थिति छ । सरकारले गरगहना व्यावसायीलाई मागअनुसारको सुनचादिँ पो दिन नसकेर हो कि , किन होला बताइदिनुस् न ?
सरकारले दैनिक रुपमा निकासी गर्ने सुनचादिँ जम्मा २५ केजी हो । तर यसको माग भने दैनिक रुपमा ५० केजीको भइरहेको छ । त्यस्तै खपत पनि उही मात्रामा भइरहेको छ । हामीले सुनचादिँ खरिद गर्दा १ केजी भन्दा कम मात्रामा खरिद गर्न पाइदैन । यसको मुख्य कारणमा यो झन्झटिलो हुन्छ । कहिलेकाहिँ त बैङ्क डिपोजिट गरेर हप्तौ सम्म पनि कुर्नु पर्ने अवस्था आउँछ । तसर्थ यहि कारणहरुले गर्दा तस्करी बढेको हो । यदि मागलाई कानुनी प्रक्रियाका रुपमा पुरा गर्ने भए धेरै राम्रो हुने थियो । यसले गर्दा देशको राजस्व संकलनमा पनि सहयोग हुने थियो । त्यस्तै व्यावसाय पनि सिस्टमेटिक हुने थियो ।
सुनचादिँ व्यावसाय आफैँमा एउटा जोखिमपूर्ण पेसा हो, त्यसैले व्यावसायमा के कस्ता सुरक्षा, माग र नीति आवश्यक ठान्नु हुन्छ ?
यस विषयमा भन्नु पर्दा पेसामा निकै नै चुनौती रहेको छ । करिब ८÷१० वटा व्यावसाय रहेको छ । त्यसमा पनि ३ वटा जस्तो घटना घटिसकेको छ ।
तपाई जेनिथ इङ्लिस स्कुलको सञ्चालक समितिमा हुनुहुन्छ र यस स्कुलमा कति कक्षासम्म हामी अहिले सञ्चालक समितिमा ४ जना छौँ । यसमा म लगायत पत्रकार दिनेश सुब्बा , प्रकाश परियार र विरेन्द्र श्रेष्ठ छौँ । अहिले सम्म स्कुलमा कक्षा ९ सम्म सञ्चालनमा आएको छ । जम्मा १७ जना स्टाफ हुनुहुन्छ र रोजगारी पाउनु भएको छ । त्यस्तै विद्यार्थी सङ्ख्या ३५० को हाराहारीमा रहेका छन् ।
विद्यालय समितिमा कम मानिस भएता पनि विद्यार्थी , स्टाफ लगायत सम्पूर्ण स्कुलको व्यावस्थापन कसरी गरिरहनु भएको छ ? कतिको कठिनाइ हुने रहेछन् नि ?
जेनिथ स्कुलको डाइरेक्टर दिनेश सुब्बा हुनुहुन्छ । उहाले धेरै जसो समय स्कुललाई दिनुहुन्छ । त्यस्तै स्कुलको फाउन्डर सर प्रकाश परियार स्टाफहरुको मेनेजमा अवरात खटिरहनु भएको छ । हामीले स्कुलमा अब्बल शिक्षकहरु राखेका छौँ । त्यस्तै मास्टरहरुले एम .एस. सी गर्नु भएको छ । अनि जनसेवा माध्यमिक विद्यालयका अङ्ग्रजी विषयका जय सर व्यावस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । प्राइमेरी लेभलमा पनि राम्रै छ । कक्षाकोठा फराकिला र खेलमैदानको पनि राम्रो व्यवस्था गरेको छ ।
निजी विद्यालयहरुमा प्रतिस्पर्धा आवश्यक ठान्नु हुन्छ कि हुदैँन ?
मलाई आवश्यक छ जस्तो लाग्दैन । यदि भएमा पनि स्वस्थ प्रतिस्पर्धा हुुनुपर्छ । यसमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने नै प्रतिस्पर्धा हो भन्ने लाग्छ । त्यसैले नानीहरुलाई उच्च शिक्षा दिने हिसाबमा प्रतिस्पर्धा ठान्छु ।
तपाई भुल्के देवी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको सञ्चालक सदस्य भएको हिसाबले केके सेवासुविधा र कहाँ सम्मको सुविधाहरु दिनुभएको छ ?
भुल्के देवी इन्भेस्टमेन्ट प्रालीमा जम्मा २५ जना सदस्यहरु कार्यरत छन् । यसको मुख्य कार्यालय पथरी १ मा रहेको छ । यस प्रालीको मुख्य उद्देश्य बेरोजगार साथीहरुलाई रोजगार प्रदान गर्ने हो । बढी रोजगार यातायातको क्षेत्रमा नै दिन सकिने कुरालाई लिएर जम्मा ५ वटा गाडी हालिएका छन् । जसमा ४ वटा काकडभिट्टादेखि बिराटनगरसम्म र एउटा चाहिँ काकडभिट्टादेखि धरानसम्मको रुडमा हालिएका छन् । यातायातको क्षेत्रमा जम्मा १६ जनाले रोजगारी पाएका छन् ।
यातायातको क्षेत्रमा थप केके सेवासुविधा दिने योजनामा हुनुहुन्छ ?
हामीले सञ्चालक समितिमा १५ वटा गाडी हालिने निर्णय गरेका छौँ । हाम्रो नयाँ रुड पहाडी भेगमा पनि हुने र यसमा फोकस गरेका छौँ । अझै गाडी थपिने छन् । गाडि फिदिम, ताप्लेजुङसम्म गुड्ने छन् । यही रुडमा अध्ययन जारी रहेको छ ।
हजुर कानेपोखरी मल्टिपर्पोज कम्पनीको उपाध्यक्ष भएको र कम्पनीले केके सेवासुविधा दिने गरिएको छ ?
यस कम्पनीमा करिब २२ जनाको टिम रहेको छ । कम्पनीमा ट्रिपर, जेसिबी रहेको र बेरोजगार साथीहरुलाई रोजगार दिइरहेको स्थिति छ । यसले विकास निर्माण सम्बन्धी काम गरिरहेको छ ।
हजुर युवा संघको जिल्ला सदस्य हुनुहुन्छ । यस संघले मोरङ जिल्ला भरीका युवाहरुलाई समेट्ने कस्तो योजना बनाउनुभएको छ ?
यसको भावी योजनामा रोजगार दिने मुख्य उद्देश्य रहेको छ । गहना स्टोरमा ३ जना, मल्टिपर्पोज कम्पनीमा करिब १२ जना, भुल्के देवी इन्भेस्टमेन्ट प्रालीमा १८ जना र जेनिथ स्कुलमा करिब २० जना गरी जम्मा ५० जनाले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् । त्यस्तै अप्रत्यक्ष रुपमा भन्नु पर्दा लगभग ७०÷८० जनाले रोजगार पाए । संघको डाइनामिक अध्यक्ष नवीन निरौलाको निर्णयअनुसार युवा संघ र वाइसीएलको संयोजकत्वमा विभिन्न रोजगारीका क्षेत्रहरुलाई वृहत तरिकाले विस्तार गर्ने निर्णय गरिएको छ ।
तपाईँ स्वदेशमै बसेर कैयौँ युवाहरुलाई रोजगार दिएर उदाहरण बन्नु भएको छ । धेरै रोजगारीका लागि विदेश पलायन हुने युवाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
आर्थिक कठिनाइ केहि समयका लागि मात्र हुने हो । विदेशमा सिकेका सिपलाई स्वदेशमा अनुसरण गर्ने हो । आफ्नो क्षेत्रमा दिर्घकालीन रुपमा बस्ने हो । तसर्थ आफ्नो सिपलाई स्वदेशमै सदुपयोग होस् भन्ने कामना गर्छु ।