दिनचर्या कसरी बिताइरहनु भएको छ ?
अहिलेको समय भनेको प्रायःजसो गरेर व्यस्त नै रहने गरेको छु । धेरै संघसंस्थाहरुमा आबद्घ रहेकाले पनि समयलाई व्यस्त राख्दै नै दिनहरु बितिरहेको अवस्था छ ।
संघले नगरमा के कस्ता कामहरु गरेका छन् ?
विशेषगरी नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पथरीशनिश्चरेले नगरभित्र रहेका जनजाति तथा आदिवासी मुलका मानिसहरु जो चाहिँ राज्यबाट सम्बोधन हुन सकिरहेको अवस्था छैन र यसबाट पीडित हुनु भएका मानिसहरुका हक अधिकारका विषयमा काम गरेको छ । त्यस्तै त्यस्ता व्यक्तिहरुको माझमा आप्mना भाषा, धर्म, संस्कार, संस्कृति आदिको नाममा संरक्षण र संवर्धनका विषयहरुलाई लिएर कामहरु गर्ने कुरामा महासंघ अघि बढिरहेको छ ।
संघमा कहिलेबाट आबद्घ हुनुहुन्छ ?
पहिले पथरी र शनिश्चरे नगरपालिका नभईकनको समयमा आदिवासी जनजाति महासंघको गठन २०६६ सालमा भएको थियो । त्यस्तै उक्त महासंघमा सचिवको रुपमा रहेर काम सुरु गरेको हो । त्यस समयबाट नै हामीले आदिवासी जनजातिहरुमा जो पिछडिएका छन् र राज्यबाट सम्बोधन हुन सकिरहेको छैन । उहाँहरुको संरक्षण र संवर्धनका विषयलाई लिएर न्यायपूर्ण तरिकाबाट कामहरु भइरहेका छन् ।
कसरी नगरवासीहरुलाई समेट्नु भएको छ ?
अहिले चाहिँ राज्यबाट सम्बोधन हुन नसकेका जनजातिहरु र आधिवासीहरुका विषयलाई लिएर कामहरु भएका छन् । कतिपय मानिसहरुले उक्त कार्यलाई जातिवादीको रुप दिएर आरोप समेत दिने गरिएको पाइएको छ । तर कसैलाई हामीले गाली गरेको होइन र त्यस किसिमको बन्न पनि खोजेका होइनौं । हाम्रो भनाइ भनेको राज्यबाट सम्बोधन हुनुपर्छ भन्ने रहेको छ । हरेक तह र तप्कामा रहेका सम्पूर्ण आदिवासी जनजातिहरुले कुनै स्थानमा समानुपातिक समावेश गराउनु प¥यो । कुनै पनि संस्थामा जागिर खादादेखि लिएर राजनीतिक क्षेत्रको प्रवेशमा पनि समानुपातिक रुपमा समान सहभागिता हुनुपर्छ । त्यस्तै हामी केवल आदिवासी जनजातिका लागि मात्र नभई अन्य कुनै पनि जातिका मानिसहरु जो राज्यबाट सम्बोधन हुनबाट वञ्चित छन्, उहाँहरुको लागि पनि राज्यको पहुँच पुग्नुपर्छ भन्ने रहेको छ । यहि हिसाबले कामहरु अघि बढिरहेको छ ।
आप्mना माग र उद्देश्यहरु पूरा गर्ने क्रममा के कस्ता चुनौती र समस्याहरु आए ?
यस विषयमा कुरा गर्दा चाहिँ समस्या धेरै ने रहेका छन् । धेरै पहिलेबाट नै राज्यबाट हामीले आप्mना भाषा, धर्म, संस्कार, संस्कृति आदिलाई विस्थापित गर्दै लगिरहेका छौं । किनभने प्रदेश नम्बर ३ भित्र नेवार र तामाङ जातिको ठुलो बसोबास रहेको छ । जहाँबाट यो कुरा थाहा हुन्छ कि त्यहाँ र यहाँको तामाङ र नेवार जातिमा ठुलो भिन्नता आप्mनो हरेक भाषा, धर्मदेखि लिएर लवाइखुवाइमा पाइन्छ । राज्यले जुन समय दमन गरेको थियो र आदिवासीहरुमा जुन हिसाबको त्रास उत्पन्न भयो र भाग्न सिवाय अरु केहि रहेन । जसमा पनि केहि भाग्न सफल भए त केहि भने त्यही रहे । अहिले नेपाल अधिराज्यभरिका सबैजसो क्षेत्रमा तामाङ जाति पाउन सकिन्छ र रहेका छन् । मैले स्वयम् पनि एउटा सामाजिक अभियान्ता भएर अघि बढ्दा के थाहा पाए भन्दा अहिले पनि तामाङ समुदायका मानिसहरु जो आप्mनो भाषा, धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने हिसाबले जहाँ चाहिँ एकदमै भिराला स्थानमा बसिरहेको अवस्था छ । उहाँहरुको जिवन कष्टपूर्ण रहेको छ । तर पनि आप्mनो मौलिकता र धर्मलाई संरक्षण गर्ने हिसाबले र राज्यले विस्थापित गरेतापनि सेना प्रहरीबाट बच्न सक्ने स्थानहरुमा सुरक्षित रुपमा बसिरहेका छन् । यसरी नै हामी यहि क्रममा पूर्वमा मिश्रित रुपमा बस्न थाल्यौ र जसबाट हामीले आप्mनो बसोबासदेखि लिएर लवाज र भाषा पनि भुल्यौ । जसकारण हामीमा आप्mनो मौलिकता हराएको अनुभूति अहिले आएर भइरहेको छ । भाषा, संस्कृति विलय हुने अवस्था आयो । आदिवासी जनजातिहरुले आप्mनो भाषा, धर्म, संस्कार, संस्कृति मान्नुपर्छ भन्ने जुन प्रकारको हक अधिकार आएपछि हामीले पनि आदिवासी जनजाति महासंघमा आबद्घ भएर संस्कार संस्कृतिको संरक्षण गर्दै समावेशी र समानुपातिक रुपमा अघि बढ्दै केहि कदम चालेका छौं । हामीले योजनाहरु बनाउदै र त्यसै अनुसार पनि कामहरु गर्दै छौं ।
नगरमा कस्ता कार्यक्रमहरु उठान गरिएका छन् ?
आदिवासी जनजाति महासंघले धेरै राम्रा कामहरु गरेका छन् । हामी कामहरुको साथसाथै बढिरहेका छौं । तर राज्यले हामीलाई सम्मानित गर्न सकिरहेको अवस्था भने छैन । आदिवासी जनजातिहरुका हक अधिकारका विषयमा आइएलओ १६९ मा समावेश गरिएको छ । यसमा पनि सचेतनामूलक कामहरु, जनजाति समुदायहरु पछि पर्नुको विषयहरु, चेतना स्तर र आर्थिक स्तर वृद्धि जस्ता विषयहरु पनि समावेश गरिएका छन् । हामीले दिगो जिविकोपार्जनका लागि भनेर धार्मिक क्षेत्रलाई पनि जगेर्ना गर्ने किसिमका सचेतनामूलक कार्याक्रमहरु पनि सञ्चालन गरेका छौं । सम्पूर्ण जातिहरुलाई समेटेर लोकसेवा कक्षा पनि सञ्चालन गरेका छौं । त्यस्तै ती बाहेक अन्य विविध तालिमहरु जस्तै कम्प्युटर, प्लम्बिङ र इलेक्ट्रिसियन जस्ता तलिमहरु पनि सञ्चालन गरेका छौं । केहि नगरबाट हुनुपर्ने तालिमहरुलाई पनि हामीले आप्mनो संस्थाबाट नै सम्पन्न गरिसकेका छौं ।
अन्त्यमा केहि भन्नुहुन्छ ?
खासमा भन्नुपर्दा यस संस्थाले कुनै नयाँ काम गर्ने भन्ने सोचाइका साथ काम गर्दै जादा आहिले यो रुप लिन सफल भएको छ । धार्मिक विषयमा हुने द्वन्द्व भनेको नै धार्मिक तहहरुबाट नै सिर्जना हुने हुन्छ । त्यसको असर नेपालमा पनि पर्न सक्दैन भन्न सकिदैन । अहिले नयाँ खालको सोचबाट ५ धर्मका जसमा हिन्दु, बौद्घ, क्रिस्चियन, मुस्लिम र किरात गुरुहरुलाई एकै स्थानमा राखेर विश्लेषण गराई एउटा समाजमा धर्म सहिष्णुता गराउनुपर्छ र सम्मानको वातावरण तयार गर्ने उद्देश्यका साथ सञ्जाल बनेको छ । त्यस्तै उक्त सञ्जालमा आबद्घ भएपछि धेरै खुशी लागेको छ । खासमा एकअर्काको कुरा सुन्ने र बुभ्mने हो भने अवश्य पनि धार्मिक सहिष्णुता कायम रहन्छ । त्यसैले हाम्रो अभियान भनेको नै आपूm बुभ्mने र अरुलाई पनि बुभ्mाउने रहेको छ । त्यसपछि समावशी सद्भावको विषयको कुरा गर्ने र एकअर्काको कार्यक्रममा शुभकामना आदानप्रदान गर्ने जस्ता कार्य हुन्छन् । यदि सहिष्णुता कायम भएमा शान्तिपूर्ण वातावरण र आनन्दमय जिवन पनि सम्भव छन् ।