दिनचर्या कसरी बिताइरहनु भएको छ ?
वनको कामहरुमा सम्बन्धित रहेर समय दिदै आप्mनो घरको काममा पनि समय बित्ने गरेको छ । यसरी वनको साथै घरायसी काममा पनि दिनचर्या बितिरहेका छन् ।
यस वनमा कहिलेबाट नेतृत्व गर्नु भयो ?
मैले यस वनमा प्रवेश गरेको धेरै साल भइ सकेको छ । दुई वटा निवार्चनमा विजय भएपछि यस वनमा प्रवेश गरेको भनौं करिब ७ वर्षको लामो समय भए जस्तो लागेको छ ।
काम गर्ने दौरानमा के कस्ता अनुभवहरु बटुल्नु भएको छ ?
साच्चै नै भन्नु पर्दा वन बिना मानिसको दैनिक जिवन जिउन सम्भव छैन । हाम्रो लागि यो एकदमै अपरिहार्य छ । सामुदायिक वनले नै वातावरणलाई स्वच्छ राख्नमा अहम भूमिका खेल्छ । यो एउटा आयआर्जनको पाटो हो पनि भन्ने लाग्छ ।
यस वन कति हेक्टर क्षेत्रफलमा पैmलिएको छ ?
यो वन २७६ दशमलव २१ हेक्टर क्षेत्रफलमा पैmलिएको छ ।
यस वनमा कति उपभोक्ताहरु लाभान्वित छन् ?
यस वनमा करिब ९६६ घरधुरीका उपभोक्ताहरु लाभान्वित छन् । यी बाहेक अन्य छरछिमेकीमा पनि काठपात, घासपात, दाउराको सामान्य उपभोग गर्न पाएका छन् ।
यस वनले अन्य क्षेत्रमा के कस्ता कामहरु गरेका छन् ?
अन्य धेरै क्षेत्रमा कामहरु गरेको छ । जसमा घर बनाउनेलाई वनको अनुपातबमोजिमको काठ सहुलियतको मूल्यमा प्रदान गरेको छ । विकास र गरिबी निवारण जस्ता क्षेत्रमा चाहिं सिपमूलक कार्यक्रमहरु प्रदान गरेको छ । जसमा सिलाई बुनाई, इलेक्ट्रोनिक तालिम, पशुपालन जस्ता कार्यक्रमहरु सम्पन्न गरेको छ ।
विकास निर्माणको क्ष्ँेत्रमा के कस्ता काम गरेको छ ?
यसको लागि चाहिं सामुदायिक वनले आप्mनो आम्दानीको मात्राअनुसार नै रहेर बजेट छुट्याउने गरेको छ । जसले विकास निर्माणको क्षेत्रमा काम गर्ने गरेको छ ।
वनले वार्षिक कति आम्दानी गर्ने गरेको छ ?
वनको आम्दानीको कुरा गर्दा करिब २९ लाखको हाराहारीमा रहन आउंछ । वनले प्रशासनिक आम्दानी पनि गर्ने गरेको छ । जसमा उपभोक्ताहरुमा सदस्यताको रिन्यू र नयां सदस्यता प्रदान गर्ने विषयमा पनि दर कायम गरेर आम्दानी गर्ने गरेको छ । मुख्य आम्दानीको स्रोतको रुपमा दाउरा, काठ, लकडीलाई नै लिन सकिन्छ ।
शैक्षिक क्षेत्रभित्र के कस्ता कामहरु गर्ने गरेको छ ?
यस क्षेत्रमा चाहि विद्यालयले माग गरेअनुसारको सहयोग गर्ने गरेका छौं । अहिलेसम्म करिब ३ विद्यालयलाई सहयोग गरिसकेका छौं । प्रायः काठ प्रदान गरेर नै सहयोग गर्ने गरेका छौं ।
काठको बिक्री गर्ने दर कति कायम गरिएको छ ?
काठको बिक्री वितरणमा ए ग्रेडको काठलाई १,०००, बी ग्रेडको काठलाई ७,०० र सी ग्रेडको काठलाई चाहि ५,०० कायम गरिएको छ । त्यस्तै कुकाठहरुलाई चाहि ७,०० कायम गरेका छौं ।
वनमा के कस्ता प्रजातिका कस्ता बोटबिरुवाहरु रहेका छन् ?
यस वनमा काठको रुपमा बुढो धमेरो, साल, सिसौ, असारे, बर्रो, खयर जस्ता बोटहरु रहेका छन् । त्यस्तै फलफुलमा चाहिं अम्बा, वन केरा आदि रहेका छन् ।
काममा के कस्ता जिम्मेवारी हुदो रहेछ ?
कामको विषयमा कुरा गर्दा आपूmलाई एकदमै गाह्रो लागेको कामअन्तर्गत चाहिं रिपोर्टिङ नै रहन्छ । हिसाब किताब राख्ने विषयमा अलि समस्या रहन्छ ।
रकम अनियमितताको विषयलाई कस्तो रुपमा हेर्नु हुन्छ ?
यदि हामीले राम्रो काम गरेको खण्डमा कुनै पनि किसिमको समस्या नरहने हुन्छ । आजसम्म रकम अनियमितताको विषयमा कुरा उठेको छैन र आपूmले जिम्मेवारीलाई भरपुर तरिकाले गरिरहेको छु भन्ने कुरामा विश्वस्त छु ।
वैज्ञानिक वन व्यवस्थापनको अवधारणा कस्तो लाग्छ ?
वनलाई हस्तानान्तरण गर्ने क्रममा नै वैज्ञानिक वन व्यवस्थापनको अवधारणामा लैजाने भन्ने कुरामा जिल्ला वन अधिकृतसंगको कागजात भएको हो । तर अहिलेसम्म वनमा उक्त अवधाराणाले ठाउं लिएको अवस्था भने छैन । यस अवधारणाको अवलोकन गर्दा काठ, दाउरा, घासपातको समस्या हुने भएकाले पनि गरि नहालेको हो । अवधारणा अवलम्बन गर्ने तयारीमा भने छौं । मलाई दुई खाले अवधारणामा पनि काठपातलाई काठछाट गरि अपनाइने अवधारणा नै राम्रो हो भन्ने लागेको छ ।
यस वनले पर्यटनको विकासमा के कस्ता काम गरेका छन् ?
पर्यटनको विकासको लागि भनेर वन तयारी अवस्थामा छ । यस वनमा सिमसार पनि छ र केहि वर्षभित्रमा संघसंस्थाहरुसंगको सहयोगमा कामहरु कार्ययोजनाअनुसार हुने छन् ।
पर्यटनको विकासमा के कस्ता योजनाहरु रहेका छन् ?
यसका लागि माछा पाखरी खनिने छ । पोखरीको निर्माण, पिक्निक स्पोर्ट जस्ता रमणीय स्थलहरुको विकास गरिने छ र यसलाई अलग्गै डिजाइनमा निर्माण गरिने छ । यसरी यी निर्माणहरुबाट पर्यटनको वृद्धि गरि आम्दानीको स्रोतको रुपमा राख्न सक्छौं ।
अन्त्यमा केहि भन्नुहुन्छ ?
मैले अहिलेसम्म गरेका हरेक कामहरुमा परिवारको सपोर्ट एकदमै पाएको छु । वनका कामहरु निरन्तर समय दिदै आइरहेको छु । त्यस्तै वन र घरपरिवारलाई राम्ररी हेर्दै समयको व्यवस्थापन गरिरहेको अवस्था छ ।