झापा–झापाको बिर्तामोड नगरपालिका ३ बिर्तामोड भद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर बिर्तामोड १० कि ६५ बर्षीया सुमित्रा राईको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा महिला नालीमा डुबेर मृत अवस्थामा फेला परेकी थिईन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा शव पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।