एजेन्सी । बंगलादेशमा रेल दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान ३ बजे भएको उक्त दुर्घटनामा परी अन्य ४० जना घाइते छन् । बंगलादेशी मिडियाका अनुसार दक्षिणी बन्दरगाह चितागङ्ग जाँदै गरेको रेल ब्रह्मनबारियास्थित अर्को रेलसँग ठोक्किएको थियो ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको अधिकारीहरूले जनाएका छन् । उक्त दुर्घटना राजधानी ढाकाबाट १ सय किलोमिटर पर रहेको स्थानमा भएको हो । हाल नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।