पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले उन्नत जातको आलुको विउ बृद्धि गर्नका लागि २ वटा कृषक समूहलाई पूर्व मल विउ आलु वितरण गरेको छ । कृषि शाखामार्फतको कार्यक्रम अन्तर्गत आज नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा वडा नम्वर १ को पथरी कृषि सहकारी र २ को साकम्वरी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा विउ वितरण गरिएको हो ।
प्रति दाना २० रुपैयाँमा खरिद गरिएको खुमल रातो, जनकदेव सहितका जातको ३ हजार ३ सय दाना पूर्व विउ वितरण गरिएको छ । त्यसबाट उत्पादित विउले नगरमा उन्नत जातको आलुको व्यवसायिक खेती वढाउने अभियान रहेको नगर प्रमुख राईले बताएका छन्।