माल्दिभ्सलाई ३–० को सेटमा हराउदै नेपाली महिला भलिबल टोलिलाई ऐतिहासिक उपाधि - Pahilo Online

माल्दिभ्सलाई ३–० को सेटमा हराउदै नेपाली महिला भलिबल टोलिलाई ऐतिहासिक उपाधि

writer

नेपालको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्रािष्ट्रय उपाधि उचालेको हो । समूह चरणमा पनि माल्दिभ्स ३–० कै सेटमा हारेको थियो ।

सहिद सूरवार्दी इन्डोर रंगशालामा नेपालले माल्दिभ्सविरुद्ध २५–१३, २५–१२ र २५–८ ले जितेर उपाधि उचालेको हो । १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपालका लागि यो उपाधि निकै महत्वपूर्ण छ । कप्तानको रुपमा अरुणा शाहीको पहिलो प्रतियोगितामा पहिलो उपाधि भएको छ । अघिकांश युवा र कम अनुभवी खेलाडीको बाहुल्यकाबीच नेपाली खेलाडीले आत्मविश्वाश बंगलादेशमा प्रशंसनीय देखिएको थियो ।

नेपालले अफगानिस्तान, किर्गिस्तान र घरेलु टोली बंगलादेशलाई पराजित गरेको हो । सबै खेलमा नेपालले सोझो सेटको विजय हासिल गरेको हो । नेपाली महिला टोलीले सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा पहिलो अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेलेको हो । त्यस प्रतियोगितामा काश्य जितेको नेपालले दक्षिण एसियाली खेलकुदमा ३ काश्य र सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।

पुरुष भलिबल टिमले भने हालसम्म कास्य पदक मात्र जितेको छ । नेपाली पुरुष टिमले तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य जितेको थियो । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा शीर्ष दुई टिमले उपाधिका लागि खेलेका थिए । यस्तै तेस्रो र चौथो स्थानमा रहेको टिमले तेस्रो स्थानका लागि खेलेका थिए । बिहिबार नै बंगलादेशलाई हराउँदै किर्गीस्तानले तेस्रो स्थान हासिल गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes