पथरीमा लिम्बु जातिको महान पर्व चासोक तङनाम भव्य हुने, मंसिर २३ गते सुरु भई २६ गते समापन हुने - Pahilo Online

पथरीमा लिम्बु जातिको महान पर्व चासोक तङनाम भव्य हुने, मंसिर २३ गते सुरु भई २६ गते समापन हुने

writer

पथरीशनिश्चरे । लिम्बु जातिको महान पर्व चासोक तङनाम फुङ्सोक उत्सव उधौली पुजाको अवसरमा मोरङको पथरीशनिश्चरेमा विविध कार्यक्रम हुने भएको छ । किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरे तथा सिरिजंगा स्मृति धार्मिक वन पथरीशनिश्चरेको आयोजनामा विभिन्न खेलकुद प्रतियोगिता तथा सांगितिक कार्यक्रम हुने भएको हो । मंसिर २३ गते पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले कार्यक्रमको उद्घाटन गर्ने र २६ गते प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो लिम्बुले कार्यक्रमको समापन गर्नेछन् ।

कार्यक्रमको पहिलो दिन २३ गते सिरिजंगा स्मृति पुरुष भलिबल खेल तथा महिला भलिबल प्रतियोगिता रहने छ, जसमा पुरुषतर्फको भलिबलमा प्रथम हुने टिमले ५५ हजार र दोश्रो हुने टिमले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवै पुरस्कारलाई पथरीशनिश्चरे नगरपालिकाले प्रायोजन गरेको छ । त्यस्तै महिला भलिबलतर्फ विजेताले ३५ हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् जसलाई विजेताको पुरस्कार प्रायोजन पर्शुराम कार्कीले गरेका छन भने उपविजेतातर्फको पुरस्कार कोपीला सिरेङ चोङवाङले प्रायोजन गरेकी छिन् ।

त्यस्तै २५ गते सो लिम्बु समुदायको ऐतिहासि खेल पक्लुङ लेप्मा छेलो, हप्रिङ लक्मा लङ जम्प, लि–तोङ आप्मा धनु हान्ने लगायतका कार्यक्रम तथा २६ गते उद्यौलि पुजाको साथै अक्षेता र फुलपाति वितरण गरिने कार्यक्रम रहेको आयोजनाले जानकारी दिएको छ । कार्यक्रममा स्थानिय कलाकारका साथै राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बूको प्रस्तुतिसमेत रहनेछ । सम्पूर्ण कार्यक्रमहरु सिरिजंगा स्मृति धार्मिक वन क्षेत्रमा हुने आयोजकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes