काठमाडौ । अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । जिहादीविरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्थानीय समयअनुसार सोमबार राति सो दुर्घटना भएको हो । मालीको उत्तरी क्षेत्रमा सन् २०१२ देखि इस्लामिक लडाकूले चलाएको सशस्त्र संघर्ष अहिले अरु भागमासमेत फैलिएको छ । त्यस क्षेत्रका अधिकांश भाग उनीहरुको नियन्त्रणमा छ ।