काठमाडौं । प्रधान सेनापती महिला फुटबल प्रतियोगितामा सोमबार एपिएफकी सावित्रा भण्डारी सम्बा एक्लैले सिक्किमविरुद्ध ९ गोल गरेकी थिइन् । हालै १३ औं दक्षिण एसियाली खेलकुद मार्फत राष्ट्रिय फुटबल टोलीका लागि सर्वा्धिक ३८ गोल पु¥याएकी सावित्राको उच्च प्रदर्शनबाट प्रेरित खेलमा एपिएफ सिक्किमलाई १८–० को फराकिलो अन्ख्तरले पराजित गरेको थियो ।
लगनखेलस्थित नेपाली सेनाको मैदानमा भएको खेलमा सावित्रासँगै राष्ट्रिय टोलीकी पूर्व सदस्य अनु लामाले ४ गोल, अनिता बस्नेतले ३ गोल र रेनुका नगरकोटीले २ गोल गरेकी थिइन् । पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा ८ गोल थपेको थियो ।
प्रतियोगिता अन्तर्गत सोमबार नै सोही मैदानमा भएको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्बललबे प्रदेश २ लाई ३–० ले हराएको छ । पुलिसका लागि निरु थापा, निशा विक र दीपा न्यौपानेले गोल गरे ।