हेफर र नगरपालिकाको सहकार्यमा साझेदारीका कार्यक्रमिक योजना बनाउने प्रस्ताव - Pahilo Online

हेफर र नगरपालिकाको सहकार्यमा साझेदारीका कार्यक्रमिक योजना बनाउने प्रस्ताव

writer

पथरी शनिश्चरे । हेफर इन्टरनेशनल नेपाल तथा अभियान नेपाल झापामार्फत मोङको पथरी शनिश्चरे नगर क्षेत्रमा साझेदारीका कार्यक्रमिक योजना बनाउने प्रस्ताव अघि बढेको छ । नगरपालिकाका जनप्रतिनिधिहरुका लागि आधारशिला सम्बन्धी ३ दिने तालिम समापनमा हेफरका इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवन्धक दिपेश पोखरेल, अभियान नेपालका अध्यक्ष प्रेम गिरी तथा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधिकाबीच साझेदारीको प्रस्ताव अघि बढेको हो ।

हेफर इन्टरनेशनल नेपालको सहयोगमा इलामको श्रीअन्तुमा सम्पन्न तालिममा हेफरको २५ र पालिकाहरुको ७५ प्रतिशतको सहकार्यमा कृषि पशु सहितका योजनाहरु अघि बढाउने कार्यक्रमका बारेमा केन्द्रमा छलफल भइरहेको जानकारी गराइयो । त्यस प्रकारको कार्यक्रम स्वीकृत भएमा पथरीशनिश्चरेमा पनि सोही प्रकारको सहकार्य अघि बढ्ने हेफरका प्रवन्धक पोखरेले प्रतिवद्धता जनाए । त्यसका साथै नगरका वडाहरुलाई समेटेर आधारशिला तालिम सञ्चालन र अभियान नेपालमार्फत कार्यक्रम सञ्चालन भएको नगरको चौतारी सामाजिक उद्यमी महिला सहकारीको कार्यक्षेत्र विस्तार गर्ने प्रस्तावमाथि पूर्ण सहमति भएको छ ।

तालिममा नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहित कार्यपालिका सदस्यहरु तथा बिभाग प्रमुख कर्मचारीहरुको सहभागिता रहेको छ । अभियान नेपालका अध्यक्ष प्रेम गिरी, हेफरका दिपेश पोखरेल र ऋषिराम पौडेलले सकारात्मक सोच, स्वनेतृत्व, मुल्यमा आधारित विकास, ब्यक्ति र समाज रूपान्तरका १२ वटा आधारशिलाका विषयमा सहजिकरण गरेका थिए । नगरलाई कसरी सबै पक्षबाट सम्बृद्ध बनाउन सकिन्छ भन्ने सन्दर्भमा तालिम केन्द्रित रह्यो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes