संखुवासभाको दुर्गम क्षेत्र भोटखोलामा इन्टरनेट सेवा पुग्यो - Pahilo Online

संखुवासभाको दुर्गम क्षेत्र भोटखोलामा इन्टरनेट सेवा पुग्यो

writer

संखुवासभा । संखुवासभाको जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा इन्टरनेट सेवा सुचारु भएको छ। दुर्गम भोटखोला क्षेत्रमा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रालिले भिस्याट प्रविधिमार्फत सञ्जाल विस्तार गरेपछि इन्टरनेट सेवा सुचारु भएको हो। सूचना र सञ्चार प्रविधिको पहुँचबाट टाढा भएका भोटखोलावासीले इन्टरनेट सेवा पाएपछि खुसी ब्यक्त गरेका छन्। भिस्याट प्रविधिमार्फत इन्टरनेट सुचारु भएको मर्कन्टायलका जिल्ला प्रतिनिधि सुगन श्रेष्ठले जानकारी दिए। संखुवासभा जिल्लाका १९३ स्थानमा फाइबर, वायरलेस तथा भिस्याट प्रविधिमार्फत इन्टरनेट जडान गर्ने कार्य धमाधम भइरहेको प्रतिनिधि श्रेष्ठले बताएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes