बीओपीका लागि कार्यालय भवन, निवास, जुनियर अधिकृत, ब्यारेक भवन, जवान ब्यारेक, मेस भवन, प्रवेशद्वार तथा शौचालय निर्माण गरिएको छ । यो सहित भारतीय सीमा जोडिएको झापाका आठ स्थानमा बीओपी स्थापना गरिसकेको थक्सुले जानकारी दिए । ‘बीओपी बनेपछि त ढुक्क भएको छ । चोरी, डकैतीका घटना पनि सुनिएको छैन,’ वडाध्यक्ष शम्भुसिंह राजवंशीले भने । बीओपी स्थापनाका लागि वर्षौंदेखि पहल गरे पनि यो वर्ष मात्र स्थापना गराउन सफल भएको उनले बताए ।
भारतीय सीमा क्षेत्रमा सुरक्षाका लागि प्रत्येक तीन किलोमिटर दूरीमा बीओपी निर्माण गर्ने तयारी सरकारले गरिरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनले अन्तर्रा्ष्ट्रिय सीमा सुरक्षाका लागि सरकार गम्भीर रहेकाले बाक्लै संख्यामा बीओपी निर्माण गर्ने तयारीमा आफू जुटेको बताए । उनका अनुसार हाल सीमा क्षेत्रमा ६ किलोमिटरको दूरीमा बीओपी रहेका छन् ।