एजेन्सी । केन्याका पूर्व राष्ट्रपति डानियल अरप मोइको ९५ वर्षको उमेरमा निधन भएको छ । अफ्रिकी देशहरुमा दुई दशकभन्दा लामो समय शासन गरेका मोइको मृत्यु भएको राष्ट्रपति उहुरु केन्याट्टाले बताए ।
२४ वर्ष सत्तामा रहेका मोइले दमनकारी नीति अवलम्बन गर्दा भ्रष्टाचार र अनियमितता बढेको बताइएको छ । विद्यालयका पूर्व शिक्षक रहेका मोइ अफ्रिकी देशहरुमा सबैभन्दा बढी शासन गर्ने व्यक्तिको रुपमा चिनिन्छ ।
तानाशाही भएपनि केन्याली नागरिकको समर्थनका कारण मोइ लामो समय सत्तामा टिकेको विश्लेषकहरुको भनाइ छ । सन् १९८२ मा मोइको सरकारले संसदमार्फत संविधान संशोधन गरेसँगै केन्यामा प्रजातान्त्रिक व्यवस्था अवलम्बन गरिएको थियो ।