राष्ट्रिय युवा संघ निरन्तर सामाजिक अभियानमा - Pahilo Online

राष्ट्रिय युवा संघ निरन्तर सामाजिक अभियानमा

कोरोना भाइरस रोकथाम र न्युनिकरण गर्न स्वाब कलेक्सन बुथ प्रदान

writer

पहिलो अनलाइन

पथरी । राष्ट्रिय युवा संघ नेपालले कोरोना भाइरस रोकथाम र न्युनिकरण गर्न सरकारलाई सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । युवा संघ मोरङले जिल्लाका विभिन्न पालिकालाई स्वाब कलेक्सन बुथ प्रदान गरेको हो ।

कोरोना संक्रमण भएका व्यक्ति नेपालमा बढिरहेको र संभावित संक्रमित व्यक्तिको भाइरस परीक्षण गर्ने स्वाब कलेक्सन बुथ अभाव भइरहेका बेला राष्ट्रिय युवा संघ मोरङको तर्फबाट विभिन्न पालिकालाई हस्तान्तरण गरिएको जिल्ला अध्यक्ष नविन पौडेलले जानकारी दिए । संघले मंगलबार जिल्लाका बेलबारी नगरपालिका स्थित नगर अस्पताल र सुन्दरहरैचा नगरपालिका स्थित पूर्वाञ्चल विश्व विद्यालय आइसोलेसन वार्डमा हस्तान्तरण गरिएको पौडेलले जनाए ।


अध्यक्ष पौडेलले बुथ प्रयोग गर्दा पञ्जामात्र परिवर्तन गरे पुग्ने भएकाले कम खर्चिलो हुने र स्वास्थ्यकर्मी सुरक्षित हुने बताए । बुथ भित्र विशेष प्रकारको युवीलाइट राखिएको हुनाले सो बत्ति बलेको करिव २० मिनेटमा किटाणु मर्ने र यसमा बाहिरी हावा प्रवेश नहुने, विरामीसंग माइकबाट मात्र बोल्ने भएकाले यसमा पञ्जाको प्रयोगबाट स्वाब संकलन गर्ने प्रविधि रहेको उनले बताए ।

सुन्दरहरैंचा नगरपालिकाको बुथ नगर प्रमुख शिवप्रसाद ढकाललाई प्रदेश सांसद राजकुमार ओझाले हस्तान्तरण गरेका थिए । ओझाले मानव जाति नै संकटमा परेको बेला युवा संघले मानवीय सेवा गरेकोमा धन्यवाद दिए ।
हस्तान्तरण कार्यक्रममा नगर उप–प्रमुख धनमाया तामाङ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईसमेतको उपस्थिति रहेको थियो ।

कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न र पीपीईको अभाबलाई सहजिकरण गर्न स्वास्थ्य कर्मीहरुको लागी अत्ति आवस्यक स्वाब कलेक्सन बुथ मोरङका थप अन्य केहि अस्पतालको लागि तयारी भइरहेको रष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य विजय डांगीले जानकारी दिए । आफुहरु निरन्तर सामाजिक अभियानमा रहेको डांगीको भनाई छ ।
बुथ निर्माणमा नेपाल ईन्जिनियरिङ एसोसिएसन ईटहरी च्याप्टर तथा प्रगतिशील ईन्जिनियरिङ एसोसिएसनका ईञ्जिनियरको सहयोग रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes