****************************
गासका लागी दास र
सासका लागी लास भएर
बाचिरहेको एउटा निमुखा मनले भन्दछ :–
मलाई नेपाली भएकोमा गौरव छ !
जस्तोसुकै परिस्थितिमा पनि
कमसेकम बाचेको त छु
माहाभुकम्पमा बाचे्
कोरोना माहामारी छ बाचेकै छु
सायद म वीर नेपाली हु !
सधा शिर ठाडो गरेर बाच्ने मेरो रहर
जब कसैसँग नझुक्ने नेपालीको बानी सम्झन्छु
तब परदेश जाने र धन कमाएर ल्याउने
सपना बोकेका मेरा पाइलाहरु
एकाएक रोकिन्छन
स्वाभिमानको तगारोले मेरो बाटो छेकिदिन्छ
अनि जतिसुकै दु:ख कष्ट र चोट परे पनि
सहिदिने मेरो पहरा जस्तो
छाती भित्रको मुटुको धड्कन सुस्त बनिदिन्छ
धिरज मनले चारैतर्फका
बाटा र उपायहरु खोज्छु
कतै निकास पाउदिन
फेरि खुम्चन्छु तन्किए पछिको लावर सरि
यसै गरि आशा अनि निरासामा
झस्किरहन्छु घरी घरि ।
जब कापी र कलमको सहायताले
तिम्रो ध्यान खिच्न तम्सन्छु
अनि आफू र यो समाजलाई यसरी सम्झन्छु –
आब्रु ढाक्ने नयाँ वस्त्र किन्न नसक्दा
पुरानै जो फाटेकोछ सिउने गरेकोछु
सफा स्वच्छ पिउने पानी किन्न नसक्दा
दुशित भनी जान्दा जान्दै पिउने गरेकोछु !
आजभोली भोकमारिको संकट टार्न
तिमिले दिएको राहत थाप्दै
तिम्रै क्यामेरा तर्फ फर्किइ
कलेटी परेको ओठ खोली
रुन्छे हासो हासेकोछु
यस्तो विषम परिस्थिमा पनि
रास्ट्रभक्ती प्रेम मनमा साचेकोछु
मेरो जस्तै लाखौ नेपाली मनहरु छन
त्यसैको जगमा फेरि पनि बाचेकोछु
सरकार ..म तिम्रै नागरिक …!!
( कविता भयो भएन । म सहित्यकार अवस्य हैन । मनको बोझ हलुको पार्ने कोसिस मात्र गरेको हो )
उर्लाबारी – मोरङ
२०७७ / १ / ६ गते ।