पर्सा / वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
दुवै जना ५० वर्ष उमेरका हुन् । १२ जना निको भएर डिस्चार्ज भएका छन् ।