झापा /प्रदेश नम्बर १ मा अर्का कोरोना संक्रमित भेटिएका छन् । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ ।
यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो ।निको हुनेको संख्या भने १६ पुगेको छ ।