काठमाडौं । युएईबाट शुक्रबार नेपाल आएका १६८ जनामध्ये प्रदेश १ को ४६ जनाको उद्दार गरिएको छ । प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना छन । जहाजमा एउटा शव पनि ल्याइएको छ । उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । होल्डिङ सेन्टरबाट सम्बन्धित प्रदेशले आफ्ना नागरिक लगेर क्वारेन्टिानमा राख्नेछ ।