पथरीशनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे -१ का ४२ बर्षिय पुरुषमा कोरोना भाईरस पोजेटिभ देखिएको छ।
जेठ २८ गते भारतको उत्तरप्रदेशबाट काठमाडौं हुँदै हिजो पथरीशनिश्चरे आईपुगेका ती पुरुषलाई आज कोरोना पुष्टि भएको हो। हाल उनको कोभिड अस्पताल गोठगाउँमा उपचार भइरहेको छ।
काठमाडौको टेकु केन्द्रीय प्रयोगशालामा स्वाब परिक्षण गरेको तर रिपोर्ट नआई उनी पथरी आएर होम क्वारेन्टाइनमा बसेको नगर स्वास्थ्य प्रमुख मुरारी आचार्यले बताए।
उनिसंगै काठमाडौंबाट आएका तामाङ्ग थरका ५० बर्षिय पुरुषलाई हाल पथरी बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा राखिएको छ।साथै संक्रमितको सम्पर्कमा आएका पथरीका प्रहरी हवल्दारलाई पनि संक्रमणको घेरामा राखिएको छ।