झापा । झापाको कन्काई नगरपालिका ८ मा जंगली च्याउ खाएर एकै घरका ३ जना बिरामी भएका छन् । बुधवार बिहानको खाना संगै जंगली च्याउ पकाएर खाएका ४० बर्षीया बेनुका लम्साल, निजको छोरा २१ बर्षीय बिपिन लम्साल र १९ बर्षीय सौरब लम्साल बिरामी भएका हुन् । बिरामी भएका तिनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।