पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना पुष्टि, आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण - Pahilo Online

पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना पुष्टि, आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण

writer

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या १५ हजार नौ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।

सोमबार दुई सय ६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म सङ्क्रमणमुक्त भएर ६ हजार आठ सय ११ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार सात सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट दुई लाख ५५ हजार सात सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट अहिलेसम्म तीन लाख ११ हजार सात सय २४ जनाको परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २९ हजार दुई सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेशनमा कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार एक सय १८ जनाको उपचार भइरहेको छ ।

यसैबीच मन्त्रालयले पछिल्लो समय आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । एक हप्ताको अवधिमा दुई महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताए ।
यस्ता घटनाले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरु शेयर नगर्न उनले आग्रह गरे । त्यस्ता भिडियो देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न उनले आग्रह गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes