काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा दिएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै अहिले कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । अहिलेसम्म १५ हजार ८१४ जना डिस्चार्ज भएका छन् ।