१४६ केजी गाँजासहित ट्याक्टर चालक पक्राउ - Pahilo Online

१४६ केजी गाँजासहित ट्याक्टर चालक पक्राउ

writer

मोरङ । निषेधाज्ञाको समयमा पनि विराटनगरबाट गाँजा तस्करी हुने गरेको खुल्न आएको छ। कोरोना नियन्त्रणको निषेधाज्ञाकैबीचमा सशस्त्र प्रहरीले ठूलो परिणामको गाँजा लोड गरेको ट्याक्टरसहित चालक पक्राउ गरेको छ । पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो। सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकी जाने सडकबाट सोमबार साँझ एकसय ४६ किलोग्राम गाँजा लोड गरिएको ट्याक्टर र त्यसका चालक सुनसरीको गढी गाउँपालिका–३ का ३४ वर्षीय सुरेशकुमार मेहतालाई पक्राउ गरेको छ।

ट्याक्टरमा गाँजा लोड गरी भारत तर्फ लैजाँदै गरेको सूचनाको आधारमा पिछा गर्ने क्रममा को २ त ६०५७ नम्बरको ट्याक्टरसहित गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेलले बताए। सशस्त्र प्रहरी उपरीक्षक पौडेलका अनुसार प्लाष्टिकमा प्याक गर्दै ट्याक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर त्यहाँभित्र लुकाएको अवस्थामा गाँजा बरामद गरिएको थियो। ट्याक्टर चालकले प्रहरी समक्ष दिएको बयान अनुसार चालकलाई ट्याक्टर विराटनगर–१८ भेडियारी पु¥याए बापत १० हजार दिने सर्तमा रहेको थियो। तर ट्याक्टरमा के राखिएको छ भन्ने आफूलाई केही जानकारी नभएको प्रहरीसमक्ष बताएका छन्।

चालक मेहताले आफूले विराटनगरको शनि मन्दिरबाट ट्याक्टर ‘रिसिभ’ गरेको बताएका छन्। सशस्त्रले बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्याक्टरसहित चालकलाई सोमबार राति आवश्यक कारबाही अघि बढाउन इलाका प्रहरी प्रहरी कार्यालय रानीमा बुझाएको छ। चालकविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए। ‘प्रारम्भिक अनुसन्धानबाट गाँजा लोड गरेको ट्याक्टर विराटनगरसम्म अर्कैले ल्याएको देखिन्छ,’उनले भने,‘विराटनगरबाट भने पक्राउ परेका चालकले ट्याक्टर चलाएको खुलेको छ।’ सशस्त्र प्रहरीलाई ट्याक्टर सुनसरीको धरान, इटहरी र दुहबी हुँदै विराटनगर भित्रिएको सूचना सोमबार बिहान आएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes