सनम रोक्का । थरीशनिश्चरे । यतिवेला विश्व सामाजिक सञ्जालका कारण साँघुरो भएको छ। व्यक्ति, समाज, राष्ट्र र विश्वलाई नै निकै नजिक बनाईसकेको छ। ग्लोवलाईजेसनको कुरा गर्दा अहिले विभिन्न सामाजिक संन्जालका कारण के युवा के युवती सवै उमेर समुहका मानिस सामाजिक सञ्जालमा मज्जाले रमाउदै आएका छन्। परिवर्तन यति तीब्र भयो कि पहिलेको जस्तो अवस्था रहेन यदि अहिले कोहि मानिससँग प्रतिभा छ भने प्रस्तुतिका लागि विभिन्न भर्चुअल प्लाटफर्महरु प्रशस्त पाईन्छन्। सामाजिक संजालको मार्फतबाट सामाजिक, आर्थिक, राजनितिक, मनोरञ्जन लगायतका विभिन्न सामग्रीहरु प्रस्तुत गर्ने गरिन्छ। सामाजिक संजालको प्रयोगकर्ता र लोकप्रियता दिनहुँ बढिरहेको अवस्थालाई मध्यनजर गर्दै युवा, युवतीहरु विभिन्न प्रकारका कन्टेन्टमा लघु चलचित्रहरु निर्माण गरि युट्युब र फेसबुकमा अपलोडगरि चर्चा साथै आर्थिक उन्नती गर्ने पाटो बनाईरहेको छ्न। यस्तै युट्युब च्यानलहरुको भिडमा लगभग ८ महिना अघिदेखि सञ्चालनमा ल्याइएको होम प्रोड्क्सन च्यानलले हाल निकै दर्शकहरुको मन जित्न सफल भईरहेको छ।
पथरी शनिश्चरे वडा नम्बर ९ का सङ्कल्पशील युवा मुकन खिन्दिङ लिम्बूले संघर्षपुर्ण तरिकाले सुरुवाती दिनहरुको सुरुवात गरेको कुरा सुनाउछ्न। स्थापनाको समयमा सानातिना दुःखदेखि लिएर अत्यावश्यक सामग्रीसम्मको अभाव थियो, एक्लै थिए सहायता कसैको थिएन, कसरी सुरु गर्ने भन्नेबारे पनि आवश्यक ज्ञानपनि पर्याप्त थिएन तर दृढ इच्छाशक्ति मनमा भने अवश्य थियो। बल्लतल्ल भिडियो खिच्नको लागि क्यामेरा जुटाए फेरि कलाकार व्यवस्थापन, भिडियो कसरी सम्पादन गर्ने, क्वालिटी प्रदान कसरी गर्न सकिन्छ भन्नेकुरा मनमा धेरै खेले भनेर उनी बताउछन्। जसोतसो केही स्थानीय साथीहरूलाई अभिनयको प्रस्ताव राखी सामान्य भिडियोबाट सुरु गरेको च्यानलमा अहिलेसम्म २९ वटा लघु चलचित्रहरु अपलोड भईसकेका छ्न।
२०७६ पुष २१ गतेबाट आरम्भ गरेको च्यानललाई धेरै दर्शकहरुले साथ,माया र हौसला दर्साइका छन् । १ हजारभन्दा बढी दर्शकहरुले सदस्यता लिइसकेको च्यानल खोल्नुको मुख्य उद्देश्य नेपालमा नै बसेर डिजिटल प्लाटफर्म मार्फत समाज र राष्ट्रको लागि मनोरञ्जन संगसगै सकारात्मक परिवर्तनको भुमिका खेल्नु नै हो भनेर यसै च्यानलका संस्थापक मुकन लिम्बुले बताए। सुरुवाती दिनका केही महिना निरन्तरता दिदादिदैं कोरोना भाइरस नेपाल प्रवेश गरेसंगै सम्पुर्ण क्षेत्रलाई नै असर पार्यो हामीलाई पनि अवश्य असर गर्यो र केही समय हामीले भिडियो रोक्यौ र पुनः अहिले सञ्चालनमा छौं भनेर उनले जानकारी दिए। अहिले पनि हामीमाझ धेरै कमिकमजोरीहरु रहेको छ्न ती कुरालाई राम्रो बनाउदै लानु छ। आगामी दिनहरूमा कथा, छायांकन, सम्पादन र अभिनयमा अझ अतुलनीय सुधार गर्नु अत्यावश्यक छ त्यसमा हामी निरन्तर लागिरहेका छौं, साथै सामाजिक कुरीति, राजनिति बिसंगति र युवापुस्ता लक्षित लगायतका विभिन्न भिडियोहरुमा हामी हरदिन काम गरिरहेका छौं उनले भने ।
हाल विशाल लावती, धनकुमार धिमाल, रुपेश निरौला, बिविशा राई, युजिन राई, दिक्षा श्रेष्ठ, मासा लिम्बू, बिपना मगर, सपना मगर, सङ्योक लामा, बिवेक लिम्बू, पवन लिम्बू, निङ्गा लामा, दोर्ज घिसिङ, शुभ याम्फु, राज बिक, सरन राई, प्रेम लामा, अमर लामालगायतको अभिनय रहेदै आएको छ भने लेखन, सम्पादन र निर्देशन मुकन खिम्दिङ् लिम्बूले गरिरहेका छन् ।