प्यारालाइसिस रोगी मुलुकसिंह लिम्बूको उपचारको लागि सहयोग संकलन हुदै - Pahilo Online

प्यारालाइसिस रोगी मुलुकसिंह लिम्बूको उपचारको लागि सहयोग संकलन हुदै

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ४ सुनिल मार्ग निवासी वृद्ध मुलुकसिंह लिम्बू प्यारालाइसिस रोगबाट पिडित भएर आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकेपछी करिब ६ महिनादेखी ओछ्यानमै थला परेको जानकारी करिब १ महिना अघि स्थानिय समाजसेवी भुपेन्द्र सुब्बाले गराएपछी केही अनलाइन पोर्टलमा सो बारे समाचार सार्वजनिक भएको थियो।

सोही समाचार देखेर कानेपोखरी ४ खोरिया निवासी हाल साउदि अरबलाई कार्यक्षेत्र बनाइरहनु भएका राष्ट्रिय युवा जागरण मञ्च प्रवास कमिटीका उपाध्यक्ष सामाजिक कार्यमा सधैंव लागिरहने सामाजिक अभियान्ता भिम लिम्बुको मुख्य पहलमा मुलुकसिंह बचाउ अभियान अन्तर्गत विदेशमा रहेर दुःखमा परेका नेपालीहरुलाई सहयोग गर्ने नेपाली मनहरुको मार्फतबाट आर्थिक संकलन भइरहेको छ। हालसम्म करिब १ लाख रुपैयाँँ संकलन भइसकेको लिम्बूले बताए । यस्तै,स्थानीय स्तरबाट नेकपा मोरङ जिल्ला सदस्य, कानेपोखरी पार्टी सचिब एवम राजबंशी समाज बिकास समिती मोरङ अध्यक्ष युवानेता मनोजकुमार राजबंशीले नेता,समाजसेवी लगायतको मार्फतबाट सहयोग उठाइरहेका छ्न।

सो सहयोग अभियान अझ केही हप्ता चल्ने यसै संस्थाका संरक्षक राजबंशीले जानकारी दिए। गत चैत्र महिनाको पहिलो सातातिर प्रेसर बढेर ढलेपछि शरीरका सम्पुर्ण अंगहरु चल्न छाडे। उपचारका लागि ऋण खोजेर उर्लाबारीको मंगलबारेमा १ महिना थेरापीका लागि लगियो। त्यहाँ ५० हजार रुपैयाँ सकियो। तर, आर्थिक विपन्नताले त्यो पनि बिचैमा रोकियो । सहयोग जुटिरहँदा बिरामीको श्रीमतीले राष्ट्रिय युवा जागरण मञ्च प्रवास कमिटीका अध्यक्ष सिमान्त लोक जोगि, उपाध्यक्ष भिम लिम्बू, सचिब डुबिन्द्र न्यौपाने लगायत सम्पुर्ण सहयोगी मनलाई धन्यवाद दिदै श्रीमान चाँडो निको हुने आशापनि रहेको बताइन्।

मुलुक सिंह लिम्बु बचाउ अभियान अन्तर्गत विभिन्न संघसस्थाहरुबाट आर्थिक रकम उठ्ने क्रम जारी रहेसंगै निज मुलुक सिंह लिम्बूलाई उपचारको लागि बुधबार(आज) भारतको खरैया छिमेकीहरु बिनोद सुब्बा, समाजसेवी भुपेन्द्र सुब्बा, बिरामीको छोरीले उपचारका लागि लगेका छन्। बिरामीको दहनिय अवस्था देखेर स्थानीय स्तरबाट सहयोग जुटाउने पहल समाजसेवीहरु मनोज राजबंशी, भुपेन्द्र सुब्बा, पत्रकार बिध्यानन्द चौधरीलगायत थालेका हुन् ।यो संस्थाले यस्ता धेरै आर्थिक विपन्नको पिडामा बिगतदेखी महलम लगाउदै आएको छ् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes