अफगानिस्तानमा कैदीबन्दी हत्यामा समलग्न आरोपमा अष्ट्रेलियाका १० जना सैनिक बर्खास्त - Pahilo Online

अफगानिस्तानमा कैदीबन्दी हत्यामा समलग्न आरोपमा अष्ट्रेलियाका १० जना सैनिक बर्खास्त

writer

एजेन्सी । अष्ट्रेलियाले अफगान नागरिकको हत्याको आरोप लागेका आफ्ना सैनिकमाथि कारवाहीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ । गतहप्ता मात्र अफगानिस्तानमा तैनाथ अष्ट्रेलियाको सुरक्षा फौजले गत वर्ष त्यहाँका नागरिकको हत्याका लागि सहयोग गरेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

सोही प्रतिवेदनका आधारमा घटनाको बारेमा थप छाननिवका लागि भन्दै अष्ट्रेलियाले आरोप लागेका १० जना सैनिकलाई वर्खास्त गरेर अनुसन्धानका लागि सहयोग गरेको जनाएको छ । आफ्ना सैनिक अधिकारीहरुविरुद्ध हत्याको आरोप लागेसँगै अष्ट्रेलियाली प्रधानमन्त्री तथा उच्च सैनिक अधिकारीहरुले माफीसमेत मागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घटनामा संलग्न भएको आरोपमा दुई जना सैनिक यसअघि नै बर्खास्त भइसकेको समाचारमा जनाइएको छ ।

उक्त प्रतिवेदनमा अफगान कैदीहरुको हत्यामा अष्ट्रेलियाका सैनिकहरुले नै सहयोग गरेको दावी गरिएको छ । प्रतिवेदनअनुसार २५ वटा घटनामा २ विशेष सुरक्षा फोर्सको संलग्नता रहेको औंल्याइएको छ । यस वर्षको सुरुमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले अफगानिस्तानमा द्वन्द्वमा विदेशी सेनाले गरेको युद्ध अपराधको बारेमा छानविन सुरु गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes