पथरी शनिश्चरे नगरमा नगर अस्पतालको भवन शिलान्यास - Pahilo Online

पथरी शनिश्चरे नगरमा नगर अस्पतालको भवन शिलान्यास

writer

पथरी शनिश्चरे । संघीय सरकारले पालिकाहरुमा अस्पतालहरु विस्तार गर्ने अभियान अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरमा पनि नगर अस्पतालको भवन आज शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले नगर अस्पताल सञ्चालन भइरहेको वडा नम्बर २ मा एक कार्यक्रमकाबीच अस्पताल भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख राई र उपप्रमुख वास्तोलाले नगर अस्पतालको भवन निर्माणपछि नगरवासीको स्वास्थ्य सेवामा सहजता पुग्न सक्ने बताउँदै नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा विशेष ध्यान पर्याइरहेको उल्लेख गरे ।

सो अवसरमा, राजनीतिक दलहरुका तर्फबाट मोहन तुम्वापो र टेकबहादुर थापा, जग्गादाताहरुका तर्फबाट बाबुराम राईले सवै पक्षको सहकार्यमा स्वास्थ्यको पहुँच सवैमा पुर्याउन लाग्नु पर्ने बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद गुरागाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । संघीय सरकारको १८ करोड ६८ लाख २ हजार रुपैयाँको लागतमा अस्पताल भवन बन्ने भएको हो ।

वडा नम्वर २ मा त्यसबेलाको स्वास्थ्य चौकी अर्थात हालको नगर अस्पतालको भवन निर्माणका लागि स्थानीयले करोडौंको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा खोजविन समिति संयोजक राईले ३ कठ्ठा, सुनेहाङ सवेहाङले ३ कठ्ठा, घनश्याम गिरी, श्रीनारायण ढकाल, केशवप्रसाद दहाल र जद्धु शाहले १/१ कठ्ठा गरी १० कठ्ठा जग्गा पहिलो चरणमा स्वास्थ्य चौकी हुँदा नै रजिष्ट्रेशन गरिदिएका थिए । पछिल्लो समयमा संयोजक राईले ९ कठ्ठा सवा २ धुर र श्रीनारायण ढकालले १० धुर जग्गा रजिष्ट्रेशन गरिदिँदा अस्पतालका लागि हालसम्म १९ कठ्ठा सवा १२ धुर जग्गा भएको छ । त्यसमध्ये संयोजक राईले पछिल्लो पटक ३ कठ्ठा थप गरिदिएको र बोलकवोल गरेका जग्गादाताले जग्गा रजिष्ट्रेशन नगरुञ्जेलसम्मका लागि उनले थप ६ कठ्ठा सवा २ धुर जग्गा हाल रजिष्ट्रेशन गरिदिएका हुन् ।


पथरी चोकबाट २ किलोमिटर दक्षिणमा स्वास्थ्य मन्त्रालयको वजेटमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत १ करोड १४ लाखमा २ तले भवन निर्माण भई त्यहाँ स्वास्थ्य चौकी सञ्चालन भएपछि अस्पतालको प्रक्रियामा स्थानीय जग्गादाता जुटेका थिए । भूटानी शरणार्थी प्रभावित क्षेत्रका नाताले शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर)ले ८५ लाखको लागतमा अत्याधुनिक ल्याव सहितको भवन समेत निर्माण जारी राखेको छ । नगरपालिका कार्यालयले ४० लाख बढीको लागतमा एक्सरे, फार्मेसी सहितका लागि भवन निर्माण सम्पन्न गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes